News Category 2082/10/06

डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने

दैनिक समाचारदाता

डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराउने जानकारी दिएको छ । 
    सोमबार पालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ । 
    स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य  शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ । 
    नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए । अब भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । 
    सरुवा तथा औषधीको विषयलाई लिएर भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने आफ्ना कर्मचारीलाई कार्वाही गर्ने जनाइएको छ । 
    निश्चित अवधीको कार्य सम्पादान मूल्यांकनको आधारमा हुने कर्मचारीको स्तरबृद्धि प्रचलित कानुन अनुसार नै हुने गरेको र यसमा लेनदेन र पहुँचको आधारमा सम्भावना नै नभएको अवस्थामा लगाइएको आरोप कपोकल्पित र निराधार छ’ विज्ञप्तीमा भनिएको छ ।’
    इबिडिङ मार्फत ठेक्का गरी औषधि खरीद गरिसकिएको र अबको एक साताभित्रै पालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य शाखाका सहसंयोजक पण्डितले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट