News Category 2082/10/07

डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए

दैनिक समाचारदाता

डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।

    राजविराज १३ विषहरिया निवासी डा. दिपक चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा उत्रेका छन् । उनी हालै नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिई राजनीतिमा होमिएका हुन् । 
    कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार बनेका हुन् । ५२ वर्षिय डा. चौधरी उक्त पार्टीका केन्द्रिय सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेतृत्व विकासमा विद्यावारिधी (पिएचडी) गरेका उनलाई उज्यालो पार्टी नेपालले चुनाव लड्न टिकट दिएपछी जागिर छाडेका हुन् ।
    बुधबार राजविराजस्थित राजदेवी मन्दिर चौकमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले देश निर्माणका लागि सही व्यक्ति चयन हुन आवश्यक रहेको बताए । राष्ट्रिय, अन्तराष्ट्रिय अध्ययन, अनुसन्धान तथा मधेश आन्दोलन र मधेशको अवस्था बारे थुप्रै लेख, रचना र पुस्तक लेखेका डा. चौधरी मुलुकमा भ्रष्टाचार र गलत नेतृत्वलाई विकासको प्रमुख बाधक मान्छन् । 
    उक्त अवसरमा पार्टीका जिल्ला संयोजक डा. सुर्य प्रसाद यादव, सह–संयोजक श्रीप्रसाद चौधरी, प्रकाश चन्द्र चौधरी, सत्यनारायण देव, कान्तिदेवी राम, क्षेत्र नं. ३ का उमेदवार परमेश्वरलाल साह र क्षेत्र नं. ४ का उमेदवार बिसोकुमार यादवसहितको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट