News Category 2082/10/13

बरख गणद्वारा न्यानो कपडा वितरण

दैनिक समाचारदाता

बरख गणद्वारा न्यानो कपडा वितरण

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 

    नेपाली सेनाको राजविराजस्थित बरख गणले बार्षिकोत्सवको अवसरमा बहिरा तथा बौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई भोजनसहित न्यानो कपडा वितरण गरेको छ ।
    गणको २४३सौं बार्षिकोत्वस मनाउँदै सेनाले राजविराज वडा नम्बर ६ स्थित बहिरा बालक स्कुलका ३२ जना विद्यार्थीहरुलाई भोजन गराएर न्यानो कपडा वितरण गरिएको हो ।
    स्कुलका २० जना बहिरा तथा १२ जना बौद्धिक अपाङ्गलाई बरखगणको तर्फबाट भोजन गराईएको र सहिद परिवारका तर्फबाट न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
    कार्यक्रममा बैद्धिक अपाङ्ग संघका केन्द्रिय सदस्य जगदीश अर्यालले नेपाली सेनाले गरेको सहयोग प्रति अभार प्रकट गर्दे धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट