News Category 2082/10/15
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
सप्तरी क्रिकेट संघको आयोजनामा संंचालित प्रधानमन्त्री कप सप्तरी जिल्लास्तरिय छनोट क्रिकेट प्रतियोगिताको उपाधी डाक्नेश्वरीले जितेको छ ।
बिहिवार राजबिराजस्थित पविमाबि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा डाक्नेश्वरीले राजदेबीलाई ८९ रनले पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर डाक्नेश्वरीले ३९ ओभरमा ३ बलमा सबै बिकेट गुमाई २ सय ८ रनको योगफल खडा गरेको थियो । जसमा वसन्त यादबले सर्वाधिक ६०, भिम यादब ३५, रोबिन सिंह २३, मोहम्मद सकिव खान २१ रन बनाएका थिए । बलिङतर्फ राजदेबीका निरज यादब ४, सुशान्त देव र सन्दिप यादबले २÷२, तथा अजय यादब र सफल थापाले १÷१ बिकेट लिएका थिए ।
प्रतिउतरमा राजदेबीले २२ ओभर १ बलमा सबै बिकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सकेको थियो । जसमा निरज यादबले सर्वाधिक ४१ तथा सफल थापाले १५ रन बनाएका थिए । बलिङतर्फ डाक्नेश्वरीका रोबन सिंह र भिम यादबले ३÷३, शिव दासले २ बिकेट, तथा बिजय यादब र सुमित ईसरले १÷१ बिकेट लिएका थिए ।
सो अवसरमा बिजेता टिमलाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव, सदस्य संजय कार्की, रोशन मण्डल, क्रिकेट छनोट समितिका सदस्यद्वय धर्मेन्द्र चौधरी, राहुल सिंह लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा राजबिराज वडा ५ निवासी स्व. अन्न बहादुर आले मगरकी श्रीमति दिपा मगरलाई क्रिकेट संघ सप्तरीको तर्फबाट नगद १५ हजार रूपैया प्रदान गरिएको छ ।
प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सप्तरी जिल्लाबाट २८ जना खेलाडी छनोट भएका छन् ।
जिल्ला छनोट क्रिकेट प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा सप्तरी क्रिकेट संघले खेलाडीहरूको बन्दसूची सार्वजनिक गरेको हो । छनोट भएका खेलाडीहरूले अब प्रदेश छनोट तथा अन्तिम टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् ।
सप्तरीबाट छनोट हुने खेलाडीहरूमा अमित कुमार यादव, रौनक सिंह, अभिषेक कार्की, बसन्त यादव, भोला शाह, रोबिन सिंह, सौरभ झा, मन्नु दास, जेम्स बिक, रोहन दुजराज बिक, नितेश यादव ‘ए’, कर्ण बहादुर बिक, पप्पु यादव ‘बि’, सुमन चौधरी, सुदीप खत्री, शिव दास, भीम यादव, संजीव मण्डल, पप्पु यादव ‘ए’, निरज यादव ‘ए’, महानन्द यादव, मोहम्मद तौफिक, प्रियांशु कर्ण, अजय यादव, सुशान्त देव, मोहम्मद सोहेल, सन्दीप यादव र विजय यादव छन् ।
बन्द प्रशिक्षणबाट यही माघ २१ गते देखि हुन गईरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताको लागि मधेश प्रदेश प्रादेशिक क्रिकेट टुर्नामेन्टमा सप्तरी जिल्ला क्रिकेट सिनियर टिम सहभागिता जनाउने संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ