News Category 2072/09/06
पक्राउ परेकाहरुलाई रिहा नगरे प्रहरी बिरुद्ध आन्दोलन गर्ने मोर्चाको चेतावनी पक्राउ परेकाहरु लुटपाटमा संलग्न ः प्रहरी
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
मधेशी मोर्चा सप्तरीले प्रहरीले झुठा मुद्दा लगाएर आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेकोप्रति भत्र्सना गर्दै दुई दिनभित्र उनीहरुलाई रिहा नगरे प्रहरी बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मोर्चाले आइतबार दिउँसो राजविराज पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको भारदह १ काकृष्णा पाइक, भारदह ९ का संजिव कुमार मण्डल र पोर्ताहा ६ का मनराज मण्डललाई प्रहरीले लुटपाटको झुठा मुद्दा लगाएर पक्राउ गरेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक कपिलदेव यादवले पक्राउ परेका तीनै जना सो क्षेत्रमा आन्दोलनका क्रममा अग्रपंक्तिमा रहेकै कारण प्रहरी पक्राउ गरेको दाबी गर्नुभयो ।
सो सम्मेलनमा मोर्चाका नेता शम्भु झाले तीन जनासहित अन्य ९ जनामाथी पनि प्रहरीले विभिन्न मुद्दा लगाएको आरोप लगाउनुभयो । उहाँले पक्राउ परेको सम्पूर्ण कार्यकर्ता निर्दोष रहेको दाबी समेत गर्नुभयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले ढाका मुद्दामा पीडितको जानकारी अनुसार अनुसन्धानका क्रममा पुस ३ गते सप्तरी पोर्ताहा ६ बस्ने बर्ष ३० को चन्दन भन्ने मनराज मण्डल, भारदह १ बस्ने बर्ष ३० को कुष्ण कुमार पापक र भारदह ९ बस्ने बर्ष २६ को संजय कुमार यादव समेतलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले मंसिर २९ गते सप्तरीको पोर्ताहा गाविस बडा नं. ८ स्थित पुर्व पश्चिम लोकमार्गमा तत्काल नाम नखुलेका १०÷१२ जना मानिसहरुको समुहले राजमार्गमा दुवै तर्फ बाँस ते¥साइ राजमार्ग अवरोध गरेका थिए ।
जिल्ला सप्तरी बोदेवसाइन गाविस बडा नं. ८ घर भई हाल प्रहरी चौकी मोतिपुर मोरङ्मा कार्यरत प्रहरी जवान मोहम्मद अनिस सवार को १५ प ३१२० नं.को मोटरसाइकल रोकी राजमार्गमा अवरोध खडा गरी अज्ञात समुहले घरेलु हतियार चक्कु, खुकुरी, भाटा देखाई कुटपिट गरी घाइते बनाएको तथा अनिसका साथले कर्मचारी संचयकोषबाट निकालेको २ लाख ६४ हजार ५ सय लुटेको जनाएको छ ।
यस्तै उनको साथमा रहेको नेपाली नागरीकता थान, रा.वि.वैंकको चेक, विदेशी र्टच, सावरी चालक अनुमति पत्र, नगद १३ हजार ५ सय सहितको मोवाइल समेत खोसेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ