News Category 2072/09/06
काँग्रेसद्वारा ससंसदमा पेश गरेको संशोधन सम्बन्धि बिधेयकको प्रतिलिपी मोर्चाले जलाए
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सार्वजनिक गरेको कार्यक्रम अनुसार आइतबार जिल्लाको सदरमुकाममा जनतालाई भ्रमित गर्न नेपाली काँग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाएका छन् ।
घोषित कार्यक्रम अनुसार सप्तरीमा मधशी मोर्चा सप्तरीको नेतृत्वमा स्थानिय जनआन्दोलन चौकमा प्रदर्शन गर्दै विधेयकको प्रतिलिपी जलाएका हुन् ।
सो क्रममा मोर्चाका संयोजक कपिलदेव यादव, संघिय समाजवादी फोरम नेपालका महिला नेत्री एवं सांसद लक्ष्मी चौधरी, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शावित्री पंडित, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल क्ुमार झा, नेकपा माओवादीका जिल्ला संयोजक जय प्रकाश यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, महिला मंचकी केन्द्रिय महासचिव पुनम यादव, तमलोपाका वौवालाल खंग, महिला नेतृद्वय रमिला साह, रिता शर्मा, तराई मधेश राष्ट्रिय अभियानका भोला मुखिया, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नेकपा माओवादीका आशिष सिंह, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, फोरम गाणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादव, मधेशी मोर्चा मलेठका रामकिसुन यादव, सदभावना पार्टीका ऋषिकान्त देव लगायतले सरकारले मधेशी आन्दोलनको सबै माग पूरा नगरिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यस्तै मोर्चाले घोषणा गरेको कार्यक्र अनुसार पुस ७ गते मंगलबार नगर, गाविसको चौक बजारमा भेला भई जनतालाई भ्रमित गर्न नेपाली काग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाउने कार्यक्रम गरेको छ ।
त्यसैगरि पुस ९ गते बिहिबार जिल्लाको सदरमुकाममा विरोध स्वरुप मशाल जुलुस प्रदर्शन गर्ने, पुस ११ गते शनिबार जिल्लाको सदरमुकाममा भेला भई बिशाल विरोध प्रदर्शन र सभा गर्ने तथा पुस १५ गते बुधबार जिल्लाको सदरमुकाममा भेला भई विरोध स्वरुप लाठी जुलुस प्रदर्शन गर्ने र आन्दोलनलाई राष्ट्रव्यापी स्वरुप प्रदान गर्न आन्दोलनरत दलहरु, संगठन र संस्थाहरु लगायतसँगको कार्यगत एकतालाई अगाडी बढाईने जस्ता आन्दोलनका कार्यक्रमहरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ