News Category 2072/09/06
काँग्रेसद्वारा ससंसदमा पेश गरेको संशोधन सम्बन्धि बिधेयकको प्रतिलिपी मोर्चाले जलाए
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सार्वजनिक गरेको कार्यक्रम अनुसार आइतबार जिल्लाको सदरमुकाममा जनतालाई भ्रमित गर्न नेपाली काँग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाएका छन् ।
घोषित कार्यक्रम अनुसार सप्तरीमा मधशी मोर्चा सप्तरीको नेतृत्वमा स्थानिय जनआन्दोलन चौकमा प्रदर्शन गर्दै विधेयकको प्रतिलिपी जलाएका हुन् ।
सो क्रममा मोर्चाका संयोजक कपिलदेव यादव, संघिय समाजवादी फोरम नेपालका महिला नेत्री एवं सांसद लक्ष्मी चौधरी, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शावित्री पंडित, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल क्ुमार झा, नेकपा माओवादीका जिल्ला संयोजक जय प्रकाश यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, महिला मंचकी केन्द्रिय महासचिव पुनम यादव, तमलोपाका वौवालाल खंग, महिला नेतृद्वय रमिला साह, रिता शर्मा, तराई मधेश राष्ट्रिय अभियानका भोला मुखिया, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नेकपा माओवादीका आशिष सिंह, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, फोरम गाणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादव, मधेशी मोर्चा मलेठका रामकिसुन यादव, सदभावना पार्टीका ऋषिकान्त देव लगायतले सरकारले मधेशी आन्दोलनको सबै माग पूरा नगरिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यस्तै मोर्चाले घोषणा गरेको कार्यक्र अनुसार पुस ७ गते मंगलबार नगर, गाविसको चौक बजारमा भेला भई जनतालाई भ्रमित गर्न नेपाली काग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाउने कार्यक्रम गरेको छ ।
त्यसैगरि पुस ९ गते बिहिबार जिल्लाको सदरमुकाममा विरोध स्वरुप मशाल जुलुस प्रदर्शन गर्ने, पुस ११ गते शनिबार जिल्लाको सदरमुकाममा भेला भई बिशाल विरोध प्रदर्शन र सभा गर्ने तथा पुस १५ गते बुधबार जिल्लाको सदरमुकाममा भेला भई विरोध स्वरुप लाठी जुलुस प्रदर्शन गर्ने र आन्दोलनलाई राष्ट्रव्यापी स्वरुप प्रदान गर्न आन्दोलनरत दलहरु, संगठन र संस्थाहरु लगायतसँगको कार्यगत एकतालाई अगाडी बढाईने जस्ता आन्दोलनका कार्यक्रमहरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ