News Category 2072/09/06
दश बुँदे मागसहित हरुवा चरुवा समुदायद्वारा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
हरुवा चरुवा समुदायको मुक्तिको घोषणा गरि कम्तिमा एक पटक सुरक्षित गाँस, वास र कपासको व्यवस्था मिलाउन माग गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई १० बुँदे मागसहित ज्ञापन बुझाएको हो ।
बुझाइएको ज्ञापनमा वार्षिक बजेट तथा योजनामा हरुवा चरुवाको बसोबास रहेको बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षा, शिपमूलक तालिम र रोजगारीको व्यवस्था हुनुपर्ने, हरुवा चरुवाका बालबालिकाहरुलाई मांसिक दबाब, शोषण, घरायसी कामकाज, होटल, कलकारखाना, इटाभट्ट, खेतीपाती जस्ता काममा प्रयोग गर्न नहुने र त्यसको पूर्ण रुपले रेखदेख र गुणस्तरिय शिक्षा र उचित पोषणको व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ ।
यस्तै हरुवा चरुवा समुदायको सम्पूर्ण ऋण माफ, जिविका पार्जनका लागि विभिन्न सीपमूलक तालिम संचालन गरि लघु उद्यम विकासको लागि अनुदानको व्यवस्था, बधुवाश्रम निषेध ऐन मार्फत उनीहरुको मुद्दा सम्बोधन, उनीहरुको छोराछोरीलाई अध्ययनको लागि स्नातक तहसम्म छात्रबृतिसहित अनिवार्य शिक्षाको व्यवस्थाको साथ साथै लोक सेवा तयारी कक्षाको वयवस्था, सरकारले विभिन्न समयमा गरेको सम्झौता तत्काल कार्यानवयन तथा श्रमिक, मजदुर र किसानको ज्याला वापतको पारिश्रमिक समय सापेक्ष र एकै नासको हुनुपर्ने मागहरु अघि सारिएको छ ।
ज्ञापन पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी भट्टले आफू मागहरुप्रति सकारात्मक रहेको भन्दै सम्बन्धित निकाय समक्ष बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हुर्क नेपाल र तपेश्वरी समाज कल्याण संघको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लाका हरुवा चरुवाहरुको सहभागिता रहेको तपेश्वरी समाज कल्याण संघका अध्यक्ष प्रदीप जोशीले बताउनुभयो ।
आई.एल.ओ. का अनुसार सप्तरीमा १८ हजार ३ सय ६१ हरुवा चारुवा रहेको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिँदै पूर्व र मध्य तराईमा करिब ५७ हजार ५ सय ७९ हरुवा चरुवा रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ