News Category 2072/09/08
बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार ः गठबन्धनका नेताहरु विभद नरोकिए मुलुक बिखण्डन हुने ः अध्यक्ष भण्डारी
दैनिक संवाददाता
राजविराज, ७ पुस ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
मधेशी मोर्चा सप्तरीद्वारा मंगलबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले मधेशका सम्पुर्ण मधेशवादी दलहरुबिच कार्यगत एकता गर्न आफुहरुको गठबन्धन तयार रहेको बताउँदै एक ठाउँमा जुन दिन भेला भए त्यही दिन मधेशको माग सम्बोधन हुने दाबी समेत गर्नुभयो ।
उहाँले वर्तमान सरकारले विभेद समाप्त नगरे मुलुकमा विद्रोह हुने चेतावनी दिनुभयो । उहाँले विभदेकै कारण विद्रोह हुन सक्ने र मुलुक बिखण्डनमा समेत जान सक्ने बताउँदै त्यस समयमा सो को जिम्मेवारी राज्यले नै लिनुपर्नेमा बताउनुभयो ।
अध्यक्ष भण्डारीले आफुलाई लोकतान्त्रिक सरकार भन्नेले मधेश र मधेशी जनतामाथि दमन र विभेदको राजनैतिक गरिरहेको आरोप लगाउँदै वर्तमान सरकार छिटै ढल्न सक्ने दावी समेत गर्नुभयो ।
उहाँले अहिलेको स्थायी सत्तामा तीन वटा “क” मिलाई कलम अर्थात संविधानमा हकअधिकार बारे लेख्नुपर्ने तथा सबै प्रशासनमा भागिदारी, कोष विकासमा हकदारी र कारतुस अर्थात सेना प्रहरीमा समावेशीता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफु रक्षामंत्री भएको बेला नेपाली सेनामा १० हजार मधेसी युवालाई भर्ना गराउन चाहेको तर, मधेसी नेताहरूको असहयोगले सो पुरा गराउन नसकेको आरोप लगाउनुभयो । तयस्
उहाँले सरकार निरकुशताको बाटो अपनाएको भन्दै हरेक आन्दोलन निश्चित लक्ष्यमा पुगेर सफल हुने गरेकोले यो मधेश आन्दोलन पनि लामो समयको लडाईपछि मात्र लक्ष्यमा पुग्ने भएकाले आम जनसमुदायलाई जारी आन्दोलनमा सहयोग गर्न अपिल गर्नुभयो ।
अध्यक्ष भण्डारीले जारी मधेश आन्दोलन मधेशको मात्र नभएर राष्ट्र आन्दोलनको रुपमा परिणत भइसकेको बताउँदै मधेशमा बस्ने ५१ प्रतिशत सम्पूर्ण समुदायको अधिकारसँग जोडिएको उल्लेख गर्नुभयो ।
सोही बिरोध सभालाई सम्बोधन गर्दै तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले मधेशमा जारी आन्दोलन मधेशको माग पुरा नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
उहाँले मधेश आन्दोलनसहित हरेक आन्दोलनमा सप्तरीको अहम भुमिका रहेको स्मरण गराउँदै सप्तरीमा आन्दोलनको मसाल दिप जलिसकेको भन्दै सप्तरीमा आन्दोलन नरोकिएसम्म मधेशको आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो ।
संयोजक गुप्ताले संसदमा प्रस्तावित संविधानको संशोधनबाट भावी संसदमा मधेसको नगण्य सीट बढेपनि यसबाट जनसंख्याको आधारमा मधेसीको प्रतिनिधित्वको सिद्धान्त सुनिश्चित हुन नसक्ने बताउनुभयो ।
उहाँले संसदको उपल्लो सदन राष्ट्रिय सभाको बिषयमा संशोधन मौन रहेको भन्दै जसको कारणले राष्ट्रिय सभामा मधेस सदाका लागी न्यून प्रतिनिधित्वको शिकार भई रहने दाबी समेत गर्नुभयो ।
संसदमा अगामी तीन दशकसम्म मधेसको सीट नबढ्ने व्यवस्थामा संशोधनले कुनै परिवर्तन ल्याउन नसक्ने गुप्ताले स्पष्ट पार्नुहुँदै मधेसी मोर्चाका नेताहरू भारत भ्रमणबाट फर्केपछि समाधानको दिशामा मधेसको सवालहरू झन् फसेको जिकिर लगाउनुभयो ।
सोही सभामा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेसीले लडिरहेको यो लडाईमा मधेसीले राज्यमा आप्mनो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाका लागि रहेको बताउनुभयो ।
सभामा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशी जनताले गुमेको ऐतिहासिक सभ्यता हासिल गर्न यो आन्दोलन शुरु गरेको बताउँदै जबसम्म निर्णायक परिणाम आउँदैन तबसम्म आन्दोलन जारी रहने उदघोष समेत गर्नुभयो ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, नेकपा माओवादी केन्द्रिय सदस्य महेश यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, प्रवक्ता बलारम यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, मोर्चाका नगर संयोजक उमेश साह, आन्दोलनमा घाईते भएका रामगमन साह लगायतका बक्ताहरुले मधेशको माग अविलम्व सम्बोधन नभए देशमा सम्प्रदायिक रुप लिन सकिने तथा त्यसको जिम्मेवार सरकारलाई लिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलद्वारा संचालित सो बिरोध सभामा मधेशी मोर्चा निकट आवद्ध विभिन्न पार्टीका केन्द्रिय सदस्यदेखि लिएर जिल्ला अध्यक्ष सम्मको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ