News Category 2072/09/09
यातायात व्यवसायी भन्छन्, “कसैलाई काखा कसैलाई पाखा किन ?” ब्याज, कर तथा जरिवाना मिनहाका लागि मोर्चालाई अनुरोध
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
सप्तरीका यातायात व्यवसायीहरुले मधेशी मोर्चा सप्तरीलाई सम्बोधन गरि सार्वजनिक गरेको विज्ञप्ति मार्फत मधेश आन्दोलनका अवधिभरीको लाग्ने ब्याज, कर तथा जरिवाना मिन्हाको लागि अनुरोध गरेको छ ।
सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी संघका अध्यक्ष जगदिश प्रसाद अर्याल, सगरमाथा जिप भ्यान तथा माईक्रो मिनि, म्याजिक व्यवसायी संघका उपाध्यक्ष हरेराम यादव र सप्तकोशी माईक्रो व्यवसायी संघका इन्चार्ज मुकेश मिश्रद्वारा बुधबार जारी विज्ञप्ती मार्फत सो आग्रह गरेको हो ।
विज्ञप्तिमा यातायातका साधनहरु मधेश आन्दोलनको घोषणा भएको दिनदेखी आजसम्म खडा रहेका कारण सो गाडीमा काम गर्ने मजदुरहरुको दैनिक छाक टार्न समेत धौं–धौं पर्न थालेको उल्लेख छ । यस्तै गाडी संचालन हुन नपाउँदा तिर्नु पर्ने किस्ताका रकमहरु, गाडीका कागज पत्र र करहरु चार महिनादेखी तिर्न नसकेको अवस्था रहेकोले आन्दोलनपछि ती गाडीहरु बैंक, फाइनान्सले तानेर लग्ने अवस्था समेत आइसकेको अवगत गराइएको छ ।
जारी विज्ञप्तीमा मधेश आन्दोलनको अवधिमा किस्ता नबुझाउने गाडीलाई ब्याज मिन्हा र कागजपत्र नविकरणमा आन्दोलनभरी कुनै किसिमको कर तथा जरिवाना नलाग्ने गरी व्यवस्था मिलाउन माग गरिएको छ ।
विज्ञप्तिमा सप्तरी सदरमुकामबाट केही सवारीसाधन रात्रिबस, ट्रक, ट्याक्टर, निर्विवाद रुपमा संचालन भइरहेको अवगत गराउँदै यस्ता क्रियाकलापबाट सौतला व्यवहार भइरहेकोप्रति खेद व्यक्त समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कसैलाई काखा, पाखा, गरि कोही खाने र कोही भोक भोकै मर्ने जस्तो अवस्था सृजना भएकोले यस समस्याको यथासिघ्र निराकरण गरि दिनु हुन बिनम्र अनुरोध छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ