News Category 2072/09/11
पत्रकार झालाई प्रहरीले कुटपिट गरि घाइते बनाएको प्रति विभिन्न संस्थाद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, १० पुस ।
प्रेस युनियनका केन्द्रिय सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता अवधेश कुमार झालाई बिहीबार बिराटनगरमा आन्दोलनको समाचार संकलन गर्ने क्रममा प्रहरीले गरेको कुटपिट नश्लिय चिन्तन र साम्प्रदायिक सोचले ग्रसित भएको ठहर गरिएको छ ।
नेपाल प्रेस युनियन सप्तरीका कार्यबाहक अध्यक्ष रामनारायण विश्वास, मधेशी पत्रकार संघ, सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव र मैथिल पत्रकार परिषद् सप्तरीका अध्यक्ष जितेन्द्रकुमार झाद्वारा शुक्रबार जारि विज्ञप्ति नेपाली राज्य सत्ता तथा तिनका पृष्ठपोषक दमनकारी प्रहरी प्रशासनको तर्फवाट निरन्तर प्रेस उपर त्यसमाथि पनि मधेशी मुलका पत्रकारहरु उपर एक पछि अर्काे आक्रमण गर्ने कार्यको भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा पछिल्लो चार महिना लामो समयदेखि तराई÷मधेशमा जारी आन्दोलनका क्रममा रिपोर्टिङ्गमा रहेका पत्रकार सञ्चारकर्मीहरु उपर प्रहरी प्रशासनद्वारा दुव्र्यवहार, कुटपिट, अपशब्द प्रयोगका घटनाहरु भइरहेको उल्लेख छ ।
प्रहरीले मच्चाएको वितण्डाको फोटो खिच्न लाग्दा सञ्चारकर्मीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने कार्यलाई कुनै पनि दृष्टिले जायज नभएको भन्दै समाजमा शान्ति स्थापनाका निम्ति खटिएका सुरक्षाकर्मीहरुवाटै सामाजिक सदभाव खलबल्याउने गरी वितण्डा मच्चाउनु उपयुक्त नभएको ठहर गरिएको छ ।
प्रहरी निरीक्षक किशोर लम्साल नेतृत्वको टोलीले राज्यको साम्प्रदायिक चरित्रलाई प्रदर्शित गर्दै गठबन्धनको कार्यक्रम सम्पन्न भएलगत्तै मञ्चलाई विना कारण तोडफोड गर्नुका साथै मोर्चाको मशाल जुलुश उपर समेत आक्रमण गरेको घटनाले राज्यको चरित्र उदाङ्गिएको जनाइएको छ ।
विज्ञप्तिमा दोषी प्रहरी उपर कारबाही गरिनुका साथै आगामि दिनमा सम्पुर्ण नेपालीहरुको साझा सम्पत्ति मानिने नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायवाट नश्लिय चिन्तनका आधारमा कारवाही नहोस भन्नेतर्फ सम्वन्धित निकायलाई सचेत गराइएको छ ।
यस्तै नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीले पनि एक विज्ञप्ति जारि गर्दै पत्रकार झालाई विराटनगरमा प्रहरीद्वारा गरिएको कुटपिट र दुव्र्यवहार धटनाको धोर निन्दा र भत्र्सना गर्नुभएको छ ।
समाचार सकंलनमा खटेका वेला प्रहरीले पुर्वाग्रही ढगंले गरेको कुटपिट र दुव्र्यहारमा सलंग्न प्रहरीमाथी कडा कारवाहीको मागं गर्दै उपचारका क्रममा रहेका पत्रकार झाको शिध्र स्वास्थ्यलाभको कामना गर्दै राज्य पक्षलाई प्रेस माथीको नागंों हस्तक्षेप र आक्रमण तत्काल वन्द गर्न मागं गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ