News Category 2072/10/03
मोर्चाद्वारा निर्दोष व्यक्तिलाई धडपकड नगर्न प्रशासनलाई सचेत
राजविराज÷सप्तरीको झुटकी प्रहरी चौकीमा कार्यरत सई रमेश सुब्बालाई पुस २० गते गोली हानी हत्या गरिएको विषयमा प्रहरीले सुरु गरेको अनुसन्धान र अपराध नियन्त्रणको नाममा निर्दोष व्यक्तिहरुलाई धडपकड गरिरहेको कार्यप्रति मधेशी मोर्चा सप्तरीको ध्यानाकर्षण भएको छ ।
मोर्चाका सूचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा उक्त घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कार्वाही हुनुपर्ने मोर्चाको कुनै विमती नरहेको भन्दै उक्त कार्यमा मोर्चाको बाधा विरोध नरहने उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा केही समय यता अनुसन्धान र अपराध नियन्त्रणको नाममा निर्दोष व्यक्तिहरुलाई धडपकड गर्ने, खानतलासीको नाममा घर–घरमा प्रवेश गरी सर्वसाधारणलाई आतंकित पार्ने, शारीरिक तथा मानसिक यातना दिने र मधेश आन्दोलनमा लागेका आन्दोलनकारीहरुलाई पूर्वाग्रही ढङ्गले हिरासतमा राखी झुठा मुद्दा लगाई फँसाउने र यातना दिने कार्य भइरहेकोप्रति मोर्चा स्थानीय प्रशासनलाई सचेत गराएको छ ।
विज्ञप्तिमा घटनाको छानबिन तथा अनुसन्धानका क्रममा अपराधी नउम्कियोस् र निर्दोष सर्वसाधारण जनतालाई अनावश्यक रुपमा दुःख नहोस् भन्दै यसतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै घटनाप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले दुःख व्यक्त समेत गरेको छ ।
विज्ञप्तिमा शान्ति आन्दोलनबाटै मधेशी जनताको हक अधिकारलाई सुनिश्चित गराउने संकल्पका साथ अघि बढिरहेको आन्दोलनलाई मत्थर पार्न केही मधेश विरोधी तत्वहरु सक्रिय रहेकोप्रति मोर्चा सचेत रहेको जनाएको छ ।
शान्तिपूर्ण आन्दोलनमा लागेका हाम्रा सहकर्मीहरुको मनोबल गिराउन तथा निरुत्साहित पार्न विभिन्न खालका षडयन्त्रहरु भइरहेकोले त्यस्ता गतिविधी तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ