News Category 2072/10/07
प्रधानमन्त्री आउने भनिएपछि रंगेलीमा मोर्चाको प्रदर्शनपछि प्रहरीद्वारा लाठीचार्ज
दैनिक संवाददाता
मोरङ्ग, ६ माघ ।
मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा बुधबार दिनभर प्रदर्शनपश्चात् साँझ तनाब बढेपछि प्रहरीले लाठी चार्ज गरेको छ ।
प्रर्दशनमा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मो. कादिरले जानकारी दिनुभयो ।
प्रहरीको लाठीचार्जवाट मोर्चाका स्थानीय नेता पन्नालाल मण्डल सहित केही घाइते भएको उहाँले जानकारी दिनुभयो । मोर्चाको कोण सभा सकिए लगतै नारावाजी गरिरहदा प्रहरीले लाठीचार्ज गरेको हो ।
यसअघि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार मोरङ्गको रंगेलीमा प्रधानमन्त्री सम्मिलित युवा संघको आयोजनामा हुन लागेको कार्यक्रम बिथोल्ने चेतावनी दिएको छ ।
मोर्चाले बुधबार र बिहीबार सो क्षेत्रमा आमहड्तालको घोषणा गरेको छ भने बुधबार बिराटनगर रंगेली रोडमा यातायातका साधनहरु चल्न समेत रोक लगाएको छ ।
मोर्चाले जनकपुर घटना दोहोरिन सक्ने भन्दै रंगेलीमा कार्यक्रम नगर्न प्रधानमन्त्रीसहित एमालेलाई सुझाव दिएको छ ।
बिहीबार प्रधानमन्त्री केपी ओलीसहित नेताहरूको सहभागितामा युवा संघ केन्द्रीय कमिटीले रंगेलीमा तराई मधेस संवाद तथा जनजागरण अभियान कार्यक्रम गर्न लागेको छ ।
मोर्चाको केन्द्रले केही निर्णय नै नगरिकन स्थानीय कार्यकर्ताले कार्यक्रम हुन नदिन लागिरहेका छन् । कतिपय केन्द्रीय नेताले एमालेको कार्यक्रमले समस्या निम्तिने भएकाले नगर्न चेतावनी नै दिएका छन् ।
‘एकातिर वार्ताको नाटक गरिरहेको सरकारका प्रधानमन्त्री अर्कोतिर यस्तो कार्यक्रम गर्न खोज्दैछन्, यो कार्यक्रमले जातीय हिंसा भड्किन सक्छ,’ सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप धाडेवाले भन्नुभयो, ‘जनकपुर घटना जसरी भयो, त्यस्तो हुनसक्ने सम्भावना हामीले देखेका छौं, त्यसकारण कार्यक्रम नगरेकै राम्रो ।’
मोर्चा आन्दोलनकै क्रममा रहेको हुँदा यस्ता कार्यक्रम हुन नदिने आफूहरूको पहिलेदेखिकै रणनीति भएको धाडेवाले बताउनुभयो । ‘प्रधानमन्त्री त्यहाँ जाँदा जनतालाई जिस्क्याएजस्तो हुन्छ,’ धाडेवाले भन्नुभयो, ‘प्रधानमन्त्री आफैं जातीय दंगा फैलाउन चाहनुहुन्छ भने हाम्रो भन्नु केही छैन ।’
मोरङ युवा संघले व्यवस्थापन गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता शंकर पोेखरेल, लालबाबु पण्डित, सत्यनारायण मण्डल, महेश बस्नेत, राजीब पहारीको सहभागिता हुने युवा संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ