News Category 2072/10/10
मधेशीको आवाजलाई गोलीबाट दमन गर्न खोजेको राजदका उपाध्यक्ष डा. सिंहको आरोप
राजविराज÷भारतको राष्ट्रिय जनता दलका उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशीको आवाजलाई गोलीबाट दमन गर्न खोजेको आरोप लगाउनुभएको छ ।
सप्तरीको तिलाठी गाविसको छिमेकी भारतीय नाका बिहार राज्य अन्तरगत सुपौल जिल्लाको कुनौली बजारमा शनिबार नेपाल भारत मैत्री यात्रा सम्वाद कार्यक्रममा बोल्दै डा. सिंहले सो आरोप लगाउनु भएको हो ।
उहाँले नेपालमा जारि मधेस आन्दोलनलाई समर्थन गर्दै मधेशीहरुको मागप्रति नेपाल सरकार र भारत सरकारलाई गम्भिरतापूर्वक लिन चेतावनी दिनुभयो । उहाँले नेपालमा भइरहेको कालोबजारी मधेशमा जारि आन्दोलनको बहानामा नेपाल सरकारकै प्रहरी प्रशासनको सहयोगमा भइरहेको आरोप समेत लगाउनुभयो ।
उपाध्यक्ष डा. सिंहले भारत सरकार हालसम्म पनि नेपालमा उच्च स्तरिय टोली पठाउन नसकेको उल्लेख गर्नुभयो ।
जागेश्वर उच्च मावि कुनौलीको विद्यालय प्राङ्गणमा आयोजित भारत नेपाल मैत्री यात्रा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सिंहले मधेशी जनताहरु आप्mनो जायज माग अघि सारी आन्दोलन गर्दा सरकारले गोली हानि हत्या गर्ने कार्यको घोर भत्सर्ना गर्दै मधेशमा जारी आन्दोलनमा भारतीय नेताहरुको पनि समर्थन रहेको जिकिर गर्नुभयो ।
उहाँले नेपाल सरकारका सेना र प्रहरी मधेशीहरुको हत्या गर्न लागिपरेको आरोप लगाउनुभयो ।
राष्ट्रिय जनतादलका प्रखण्ड अध्यक्ष सकिल अहमदको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह, तमलोपाका केन्द्रिय सदस्य साधना झा, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेम शंकर सिंह, संघिय समाजवादी फोरम नेपालका मो. युसफ अलि, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, नेकापा माओवादीका बलराम यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपीलदेव यादव लगायतले जारि मधेश आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमन प्रति उपाध्यक्ष सिंहलाई अवगत गराउनु भएको थियो । सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्य दीपेन्द्र चौधरीले स्मरणपत्र बुझाउनु भएको थियो ।
कार्यक्रममा सप्तरीका मधेशवादी दलका नेताहरुको उल्लेख्यीय उपस्थिति रहेको थियो । डा. सिंहले नेपाल भारतको सीमा नाकाको १८ सय किलोमिटर अन्तरगत सम्पूर्ण नाकामा मधेश आन्दोलनको समर्थन गर्दै सभा गर्दै हुनुहुन्छ । शनिबार सम्पन्न कार्यक्रम २८ औं कार्यक्रम हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ