News Category 2072/10/10
६० दलित परिवारलाई रंगिन कम्बल वितरण
राजविराज÷सप्तरीको राजविराज नगरपालिका ७ पुरणी पोखरीका दलित परिवारलाई चिसोबाट जोगिन ६० परिवारलाई शनिबार एक कार्यक्रमबिच रंगिन कम्बल वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटी २ को आयोजनामा एक समारोहबिच सामुदायिक प्रहरी सेवा केन्द्र राजविराजको सभाहलमा त्यहाँका ६० जना दलित परिवारलाई रंगिन कम्बल वितरण गरिएको हो ।
केन्द्रका अध्यक्ष कुमार पाठकको अध्यक्षतामा आयोजित सो समारोहमा धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादव, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, पत्रकारद्वय शुभ नारायण यादव, दिनेश शर्मा सहितको उपस्थितिमा त्यहाँका ६० परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।
त्यस्तै क्लवले सप्तरीको सदरमुकाम राजविराजस्थित भगवति मन्दिर, कृष्ण मन्दिर, लक्ष्मी नारायण मन्दिर, विष्णुकाली मन्दिर, राधाकृष्ण मन्दिर मलेठ सहितका मन्दिरका पुजारीहरुलाई समेत एक एक थान ब्यालेंकेट प्रदान गरिएको क्लवका अध्यक्ष ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको मलेठ गाविस ७ कृष्णानगर, रायपुर, राजविराज नगरपालिका ७ र लालापटी सहितका गाविसमा चिसोबाट जोगिन दलित परिवाराई करिब पाँच सय थान रंगिन कम्बल वितरण गर्ने लक्ष्य रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ