News Category 2072/10/12
तीनै जनाको शवयात्रा निकालियो
दैनिक संवाददाता
बिराटनगर, ११ माघ ।
मोरङको रंगेलीमा प्रहरीको गोली लागि मृत्यु भएका तीन जनाको सोमबार बिराटनगरमा शव यात्रा निकालिएको छ ।
हजारौंका संख्यामा मधेशवादी दलका कार्यकर्ताहरुले शव यात्रामा सहभागी भएका थिए । शव यात्रामा मधेशी मोर्चा शिर्ष शिर्ष नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, सवेन्द्रनाथ शुक्ला लगायतका स्थानिय नेताहरुको बाक्लो सहभागिता रहेको छ ।
स्थानीय प्रशासन र मधेशी मोर्चाबीच सहमति भएपछि सोमवार शवयात्रा निकालिएको हो । शव यात्रा पश्चात् तीनै जनाको अन्त्येष्टि गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकमा मृत्यु भएका तीनै जनाको शव मोर्चाले बुझ्ने लिखित सहमति भएको थियो । विराटनगरको विभिन्न चौक हुदैं रंगेली र डाइनियामा समेत शवयात्रा सहित नगर परिक्रमा गरिएको छ ।
प्रहरीले चलाएको गोली लागेर रंगेली ४ का ६० वर्षीया द्रौपदीदेवी चौधरी, डायनियाँ ९ का शिवु माझी र बरडंगा २ का महादेव ऋषिदेवको मृत्यु भएको थियो । सो घटनामा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ