News Category 2072/10/13
तीन दललाई जिल्लामा कार्यक्रम नगर्न मोर्चाको आग्रह आग्रह नमाने प्रतिकारमा उत्रने ः मोर्चा
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
मधेशी मोर्चा सप्तरीले आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन भन्दै अधिकार प्राप्तिको लडाईमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीलगायतलाई मधेशमा कुनै कार्यक्रम नगर्न, नगराउन आग्रह गरेको छ ।
सो आग्रहलाई वेवास्ता गरे त्यस्ता कार्यक्रमलाई बिथोल्ने तथा प्रतिकार गर्ने मोर्चाका सप्तरीका संयोजक कपीलदेव यादवले जानकारी दिनुभयो । यस्तै नेपाली काग्रेसलाई मधेश आन्दोलनको क्रममा अधिवेशन नगर्न आग्रह गरेको छ ।
त्यस्तै मधेशी मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मधेश आन्दोलनको क्रममा नेपाली काग्रेस, एमाले र एमाओवादी लगायतका मधेश विरोधी पार्टीहरुको कुनै पनि कार्यक्रममा सहभागि नहुन सम्पुर्ण जनसमुदायहरुसँग अनुरोध गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा मोर्चाको बैठकले नेपाली काग्रेसको गाउँदेखि लिएर जिल्ला सम्मको कुनै पनि अधिवेशनमा सहभागि नहुन मधेशी जनसमुदायहरुसँग आग्रह गर्दै नेपाली काग्रेसलाई मधेश आन्दोलनको क्रममा आप्mनो अधिवेशन नगर्न आग्रह गर्दै त्यसो गरेमा प्रतिकार स्वरुप अधिवेशनलाई बिथोल्निे चेतावनी समेत दिईएको छ ।
साथै वार्ताको नौटंकी गर्दा गर्दै भर्खरै संसदबाट संविधान संशोधनको नौटंकी गरेर मधेश आन्दोलनलाई सम्बोधन गरेको भ्रामक प्रचार गरेकोले यस्ता संशोधनबाट मधेशका कुनै पनि अधिकार प्राप्ति नभएको र खस मानसिकता भएका शासक वर्गहरुको षडयन्त्र रहेकोले आन्दोलन अबको दिनमा अझै सशक्त भई निरन्तर रुपमा अगाडी बढने सबैमा जानकारी गराउँदै अगामी दिनहरुमा समेत सधै झै सहयोगको आशा र विश्वास राख्दै आन्दोलनलाई अझै उत्कर्षमा पु¥याउन सबै पक्षसँग हार्दिक अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ