News Category 2072/10/13
सप्तरीमा १० हजार कम्बल र १० हजार न्यानो कपडा बितरण गरिने
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
लामो बन्दीले कष्टकर जीवन यापन गर्दै आएका मधेशीहरु विगत पाँच दिनदेखि एक्कासी बढेको चिसोले थप कठनाईमा परेका छन् ।
बाक्लो हुस्सु, पश्चिमी स्याँठ, बाक्लो तुसारो र दुई दिनदेखि घाम नै नउदाएपछि सप्तरीमा न्यूनतम तापक्रम तल झरेर यहाँका शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुको जनजीवन कष्टकर बन्न थालेको हो । चिसोले बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएको देखिएको छ । दिनभर चल्ने शितलहर र हुस्सुका कारण सर्वसाधारण घरबाट कमै निस्कन थालेका छन् ।
दैबी प्रकोप उद्दार समिति सप्तरीले भने चिसोबाट प्रभावित पीडितहरुलाई कम्बल र न्यानो कपडा बितरण गर्ने भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारका अनुसार रेडक्रस तथा अन्य विभिन्न संघसंस्थाको सहयोगमा जिल्लामा १० हजार थान कम्बल र १० हजार थान न्यानो कपडा बितरण गरिने छ ।
पुस दोस्रो सातासम्म शितलहर र चिसोले मधेशीलाई सताए पनि पछिल्ला दिनमा दिउँसो नियमित घाम लाग्न थालेकाले सर्वसाधारणलाई सजिलो भएको थियो ।
अत्यधिक चिसोले विद्यालयमा पठनपाठनमा समेत प्रतिकुल असर परेको छ चिसोको कारण अस्पतालहरुमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ