News Category 2072/10/14
चौमासिक रुपमा कार्य विवरण सार्वजनिक गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता
दैनिक संवाददाता
राजविराज, १३ माघ ।
सप्तरीका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले अब उपरान्त आफ्नो कार्यालयले गरेको कार्यहरुको प्रगति विवरण चौमासिक रुपमा संचारकर्मीसमक्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टको अध्यक्षतमा बुधबार आयोजित कार्यालय प्रमुख र संचारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आयोजित अन्तरक्रियामा संचारकर्मीहरुले सरकारी कार्यालयहरुले सूचना दिन किन नसकेको भन्ने प्रश्नको जवाफमा कार्यालय प्रमुखहरुले अब उपरान्त सम्पूर्ण कार्यालयहरुमा सूचना अधिकृत तोकेर संचारकर्मीसमक्ष कार्यालयको सम्पूर्ण प्रगति विवरण सार्वजनिक गर्ने जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा उपस्थिति कार्यालय प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीको पहलमा अबदेखी चौमासिक रुपमा कार्यालयको प्रगति विवरण सार्वजनिक गर्नेदेखी लिएर सूचना अधिकृतहरुको नाम र सम्पर्क नम्बर समेत सार्वजनिक गरेको प्रतिबद्धता जनाएका छन् ।
संचारकर्मीहरुको जिज्ञासामा प्रजिअ भट्टले पत्रकारहरुलाई सुचना चाहिएको छ, तर सुचना नदिएकै कारणले सरकारी कार्यालय र पत्रकारबिच विवादको मुठभेड श्रृजना भएको देखिएकोले यसलाई अगामी दिनहरुमा सुधार गर्ने प्रतिक्रिया दिनुभयो ।
सोही कार्यक्रममा संचारकर्मीहरुले यहाँका सरकारी कार्यालयका विज्ञापनहरु राष्ट्रिय मिडियामा जाने प्रवृति देखिएको भन्दै सो कार्य अविलम्व बन्द गरी स्थानीय संचार माध्यमहरुमा दिनुपर्ने आग्रह गरे ।
सो अन्तरक्रियामा जिल्लाका २० वटा सरकारी कार्यालयको प्रमुखहरु, संचारकर्मी तथा चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यता जनता सूचनाको अधिकारबाट बञ्चित भइरहेको अवस्थामा दुई वर्ष अघि पनि तत्कालिन प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यालय प्रमुखहरुको बैठकले समेत सो प्रतिबद्धता जनाएका थिए । तर, सो कुरा व्यवहारमा लागु नभएर कागजमै सीमित रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ