News Category 2072/10/15
६ महिनाको अवधीमा राहदानीबाट दुई करोड भन्दा बढी राजश्व संकलन
दैनिक संवाददाता
राजविराज, १४ माघ ।
मधेशमा जारि आन्दोलनको समयमा पनि सप्तरीबाट विदेसिने क्रम बढेको छ । वर्षेणी सप्तरीबाट रोजगारीकालागि १८ देखी २० हजारको हाराहारीमा यूवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले चालु आर्थिक वर्षमा राहदानी वापत २ करोड भन्दा बढी राजश्व संकलन भएको जनाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चालु आर्थिक वर्षको मंसिर महिना भन्दा दोब्बर पुस महिनामा राहदानीबाट राजश्व संकलन भएको जानकारी दिनुभयो । मंसिरमा ३५ लाख राजश्व संकलन भएकोमा पुसमा त्यसको दोब्बर भन्दा बढी करिब ७२ लाख राजश्व संकलन भएको उहाँले बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीकी लेखापाल माधवी कार्कीका अनुसार चालु आर्थिक वर्ष २०७२÷७३ को ६ महिनामा २ करोड १४ लाख ६५ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिनुभयो । जसमा साउन महिनामा ५८ लाख ९३ हजार ७ सय, भदौंमा ४ लाख ४५ हजार ६ सय, असोजमा २० लाख ४० हजार, कार्तिकमा २४ लाख ७१ हजार १ सय, मंसिरमा ३५ लाख ९७ हजार १ सय, पुसमा ७२ लाख ५० हजार रुँपैया राजश्वको रुपमा संकलन भएको बताउनुभयो ।
त्यस्तै हातहतियारबाट १७ हजार, संघ संस्था दर्ता र नवीकरण बाट ५८ हजार ६ सय ५० रुँपैया, दण्ड जरिवानाबाट १ लाख ११ हजार ५ सय रुँपैया संकलन भएको जानकारी दिनुभयो ।
यस्तै गत वर्ष सप्तरीमा लाइसेन्स प्राप्त १४ वटा हतियार नविकरण भएको थियो भने यस वर्ष हालसम्म १५ वटा दर्ता भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखी पुससम्ममा ५ हजार ७ सय राहदानी लिनेहरुले दर्ता गराएका छन् । जसमा द्रुत सेवाबाट १ हजार ५ सय ७ सय रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ