News Category 2072/10/15
काँग्रेसको गाउँस्तरिय अधिवेशन अवरोध गर्ने ः मोर्चा
दैनिक संवाददाता
राजविराज, १४ माघ ।
मधेशी मोर्चा क्षेत्र न. ४ को बिहिबार सम्पन्न बैठकले नेपाली कागे्रेसको गाविस स्तरीय अधिवेशन हुन नदिने निर्णय गरेको छ ।
मोर्चाका क्षेत्रिय संयोजक अमरनाथ यादवको अध्यक्षतामा सम्पन्न सो बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले क्षेत्र नं. ४ को कुनै पनि गाविसमा काग्रेसको अधिवेशन हुन नदिनका लागि गाउँ स्तरीय कमिटि समेत गठन गरिएको छ ।
त्यस्तै सो बैठकले त्यस क्षेत्रमा रहेका सम्पुर्ण आम जनसमुदायहरुलाई काग्रेसको अधिवेशन गर्न नदिनुका साथै काग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समेत अधिवेशन रोकि जारी मधेश आन्दोलनमा सहयोग गरिदिनुहुन आग्रह गरिएको छ ।
उक्त बैठकमा मोर्चाका सचिवालय सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश राष्ट्रिय अभियानका जिल्ला संयोजक रामदत्त साह, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, सदभावना पार्टी निकट युवा मंचका केन्द्रिय सदस्य जय नारायण यादव, नेकपा माओवादी वैद्य समुहका युवा जनवर्गिय संगठनका इन्चार्ज भुपेन्द्र यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ