News Category 2072/11/10
राजविराज नगरपालिकाका कर्मचारीद्वारा अधिकृतलाई असहयोग गर्ने निर्णय
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
राजविराज नगरपालिकाका कर्मचारीहरु सेवाग्राहीलाई मर्कामा नपर्ने गरि आफ्नो कार्यालय प्रमुखलाई असहयोग गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
राजविराज नगरपालिका कर्मचारी एसोसिएशन इकाई समितिका अध्यक्ष उमेश प्रसाद यादवद्वारा आइतबार जारि विज्ञप्तिमा कार्यालय समयमा सम्पुर्ण कर्मचारीहरुले कालोपटी बाँधी विरोध जनाउँने, आन्दोलनका कार्यक्रम अन्र्तगत कार्यकारी अधिकृत गुरुङको निवासमा कुनै पनि कर्मचारी नजाने, कार्यालय समय बाहेक नगरपालिकाको सवारी साधन पिकअप जिप प्रयोगमा रोक लगाउँने, अधिकृत गुरुङको कार्य कक्षमा कार्यालयको काम बाहेक कुनै पनि प्रकारको सहयोग नगर्ने लगायतका रहेका छन् ।
यस्तै कर्मचारीबाट पेश भएको माग मध्ये केही माग आर्थिक सम्बन्धि समेत राखिएको हुँदा सो समेत पुरा नभएकोले कार्यकारी अधिकृत गुरुङको नियतमाथि शंका देखिएको हुँदा अगामी दिनमा समेत नियतवश चलखेल नहोस भनि मागहरु पुरा नभए सम्म योजना तथा कार्यक्रम सम्बन्धि कुनै पनि भुक्तानीमा रोक लगाउने रहेको छ ।
साथै हस्ताक्षरित विज्ञप्तीमा उक्त आन्दोलन अगामी फाल्गुन १६ सम्म हुने तथा त्यस पछिको आन्दोलनलाई अझ थप उचाईमा पु¥याउन कडा रुपमा आन्दोलनको स्वरुप कर्मचारीबाट निर्णय भए अनुसार हुने जनाएको छ ।
विज्ञप्तिमा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन टेकु काठमाण्डौको केन्द्रिय निर्णय अनुसार माग राखि आन्दोलनमा उत्रिएका हुँदा सवै चरणको आन्दोलन कार्यक्रमलाई एक्यवद्धता जनाउँदै सवै पक्षलाई जानकारी गराउने निर्णय गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ