News Category 2072/11/11
सांसद रामद्वारा सन्त गुरु रवि दासको स्मारक शिलान्यास
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
सन्त गुरु रवि दास महाराजजीको ६३९ औं जन्म जयन्तीको अवसरमा सप्तरीको लोहजारा गाविस ४ स्थित सन्त गुरु रवि दास महाराजजीको स्मारक सोमबार एक समारोहबिच सांसद तथा पूर्व सिंचाई राज्य मन्त्री रमणी रामले शिलान्यास गर्नुभएको छ ।
सन्त गुरु रवि दास फाउण्डेशन नेपालको आयोजनामा लोहजारास्थित ठाकुर बाबा दह पर्यटकीय क्षेत्रदेखि दक्षिण सन्त गुरु रवि दासको महाराजजीको स्मारकको समारोहबिच सांसद रामले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास समारोह पश्चात् आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सासंद रामले उक्त दहलाई उचित संरक्षण सम्बर्धन तथा प्रचार प्रसार गरेको खण्डमा भविष्यमा पर्यटकीय स्थलको रुपमा चिनाउँन सकिने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले समाजमा देखिएको जातीवादलाई समाप्त नभएसम्म देश र समाजको विकास निर्माण कार्य अगाडी नबढ्ने भएकोले जातिवादको जडैदेखि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनका बालेश्वर रामको अध्यक्षता तथा फाउण्डेशनका अध्यक्ष भोला रामको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा स्थानिय शिक्षक शुभ नारायण यादव, पण्डित कुवेर दास, डा.सहदेव, बृद्धिजीवी देव नारायण राम, लोहजारा गाविसका निवर्तमान अध्यक्ष जय प्रकाश यादव, दलित अगुवा दुखी राम लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
कुल १३ लाखको लागतमा निर्माण हुने सो पर्यटकीय क्षेत्र संसदीय विकास कोषबाट सासंद रामले वर्षेनी ३ लाख ५० हजार उपलब्ध गराउँने तथा जनश्रमदान वापत थप ५० हजार आर्थिक हसयोग गर्ने फाउण्डेशनका अध्यक्ष भोला रामले जानकारी दिनुभयो ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योग्दान गर्ने दुई दर्जन ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । एक हजार आठ वटा कलश सहित निकालिएको कलश यात्रा लोहजाराको विभिन्न भागको परिक्रमा पश्चात दहमा जल भरेर महाराजजीको स्थानमा पुगेर कलश यात्रा सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ