News Category 2072/11/11
सांसद रामद्वारा सन्त गुरु रवि दासको स्मारक शिलान्यास
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
सन्त गुरु रवि दास महाराजजीको ६३९ औं जन्म जयन्तीको अवसरमा सप्तरीको लोहजारा गाविस ४ स्थित सन्त गुरु रवि दास महाराजजीको स्मारक सोमबार एक समारोहबिच सांसद तथा पूर्व सिंचाई राज्य मन्त्री रमणी रामले शिलान्यास गर्नुभएको छ ।
सन्त गुरु रवि दास फाउण्डेशन नेपालको आयोजनामा लोहजारास्थित ठाकुर बाबा दह पर्यटकीय क्षेत्रदेखि दक्षिण सन्त गुरु रवि दासको महाराजजीको स्मारकको समारोहबिच सांसद रामले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास समारोह पश्चात् आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सासंद रामले उक्त दहलाई उचित संरक्षण सम्बर्धन तथा प्रचार प्रसार गरेको खण्डमा भविष्यमा पर्यटकीय स्थलको रुपमा चिनाउँन सकिने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले समाजमा देखिएको जातीवादलाई समाप्त नभएसम्म देश र समाजको विकास निर्माण कार्य अगाडी नबढ्ने भएकोले जातिवादको जडैदेखि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनका बालेश्वर रामको अध्यक्षता तथा फाउण्डेशनका अध्यक्ष भोला रामको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा स्थानिय शिक्षक शुभ नारायण यादव, पण्डित कुवेर दास, डा.सहदेव, बृद्धिजीवी देव नारायण राम, लोहजारा गाविसका निवर्तमान अध्यक्ष जय प्रकाश यादव, दलित अगुवा दुखी राम लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
कुल १३ लाखको लागतमा निर्माण हुने सो पर्यटकीय क्षेत्र संसदीय विकास कोषबाट सासंद रामले वर्षेनी ३ लाख ५० हजार उपलब्ध गराउँने तथा जनश्रमदान वापत थप ५० हजार आर्थिक हसयोग गर्ने फाउण्डेशनका अध्यक्ष भोला रामले जानकारी दिनुभयो ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योग्दान गर्ने दुई दर्जन ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । एक हजार आठ वटा कलश सहित निकालिएको कलश यात्रा लोहजाराको विभिन्न भागको परिक्रमा पश्चात दहमा जल भरेर महाराजजीको स्थानमा पुगेर कलश यात्रा सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ