News Category 2072/11/29
मोर्चाको मागप्रति सरकार गम्भीर ः प्रधानमन्त्री ओली चैत मसान्तसम्म माग पुरा नभए कडा आन्दोलन गर्ने मोर्चाको चेतावनी
दैनिक समाचारदाता
काठमाडौं, २८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मोर्चाको ७ बँुदे ध्यानाकर्षण पत्र बुझ्दै उहाँले मोर्चाका मागबारे पुनःसरोकारवाला मन्त्रीसहित छलफल गर्ने बताउनुभयो ।
मोर्चाले सरकारलाई माग पुरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । यस्तै मोर्चाले बुझाएको चार पृष्ठको ध्यानाकर्षण पत्रको चैत मसान्तसम्म मधेशी मोर्चाको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
मोर्चामा आवद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, मनिस सुमनलगायतका नेताको टोलीले आफ्ना मागबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको हो ।
मोर्चाका नेताले आन्दोलनका क्रममा घाइतेले अझै उपचार खर्च नपाएको र मुद्दा फिर्ता नभएको बताएपछि प्रधानमन्त्रीले तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आफ्नो सचिवालयमार्फत निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले विद्यमान समस्या मधेसको मात्र नभएर सिङ्गो मुलुकको भएकाले मिलेर समाधान खोज्न मोर्चाका नेतालाई आग्रह गर्नुभएको थियो । उहाँले समस्याको समाधान गर्नेतर्फ र जनताले न्याय पाउने गरी अघि बढ्न पनि आग्रह गर्नुभयो ।
मोर्चाले माग गरेको न्यायिक आयोग गठनका सम्बन्धमा प्रधानमन्त्रीले न्यायिक आयोग गठन गर्ने कि राजनीतिक आयोग गठन गरेर समाधान खोज्नेबारे शुक्रबारै छलफल गरी निष्कर्षमा पुग्ने भनी राख्नुभएको प्रस्ताव मोर्चाका नेताले स्वीकार गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाले संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुर्नःनिर्माण, कालाबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्ने माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ