News Category 2072/11/29
चर्पी नबनाउनेहरुको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको रम्पुरा मल्हनिया गाविसमा चर्पी नबनाउँनेहरुको नेपाल सरकारबाट पाउँनुपर्ने सेवा सुबिधाहरु कटौती गर्ने निर्णय सर्बसम्मतबाट गरेको छ ।
अक्सफाँम नेपालको सहयोग तथा कोशी पीडित समाज सप्तरीको आयोजनामा शुक्रबार रम्पुरा मल्हनियाँ गाविसमा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले सो निर्णय गरेको हो ।
सर्वपक्षिय भेलाबाट रम्पुरा मल्हनिया गाविसमा कुल १ हजार ६८ घरधुरी मध्ये हाल १ सय ७७ घरधुरीमा मात्र चर्पी रहेको छ भने बाँकी ८ सय ९१ घरधुरीहरु खुल्ला ठाउँमै दिसा पिसाव फेर्न गरेकोे अब तिनिहरुलाई पनि घर घरमा चर्पी बनाएर चर्पीमै दिसा पिसाव फेर्नुपर्नेमा जोड दिदै चैत्र १५ गतेदेखि सो गाविसमा चर्पी नबनाउँनेहरुका लागि सरकारी सम्पुर्ण सेवा सुबिधाहरु कटौती गर्ने जनाएको छ ।
गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रम्पुरा मल्हनियाका सदस्य सचिव एवं स्वास्थ्य चौकीका प्रमुख रामअवतार साहको अध्यक्षता तथा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खडकाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका दिनेश प्रसाद यादव, जिल्ला शिक्षा कार्यालयका संजय कुमार कर्ण, पत्रकारद्वय व्यासशंकर उपाध्याय, शुभ नारायण यादव लगायतकाहरुले रम्पुरा मल्हनिया गाविसलाई २०७३ साल साउन ७ गते भित्र खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेपनि यो लक्ष्यबाट अहिले पछाडी पारिएकोले अब यो लक्ष्यलाई पुरा गर्न चर्पी नबनाउँनेलाई सरकारी सेवा सुबिधा कटौती हुने निर्णय गरिएको समाजका प्रविण कुमार यादवले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको लोनिया गाविसलाई अगामी असार महिनाभित्र घर घरमा चर्पी बनाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको तथा सो कार्यलाई पुरा गर्न त्यहाँका सम्पुर्ण सरोकारबाला निकायहरु जागरुक बनेको समाजका सुकदेव चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ