News Category 2072/12/24
२० हजार दाइजो नदिएको कारण छोरीको जलाएर हत्या ः पीडित परिवार
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
मागेजति दाईजो नदिएको भन्दै सप्तरीमा सुत्केरी बुहारीको ज्यान गएको रहस्यमय घटना सार्वजनिक भएको छ । राजविराज ७ निवासी २० वर्षिया सरस्वती देवी मेहतरलाई दाईजोको कारण ससुरा पक्षले चार दिनअघि जलाएर मारेको घटना सार्वजनिक भएको हो ।
मृतक सरस्वती १७ दिन अगाडी छोरालाई जन्म दिएकी थिईन् । बिहेको बेला दाईजो उपलब्ध गराएपनि पछि आएर थप २० हजार रुपैयाँ ससुरा पक्षले माग्दै आएको र आफूहरुले दिन नसकेपछि छोरीलाई गत शनिबार दिउँसो मट्टीतेल छर्केर हत्या गरिदिएको सरस्वतीका माईती पक्षको दाबी छ ।
भारतको बिहार राज्यको दरभंगास्थित नौवागढी बेला माईत भएकी सरस्वतीका बुबा अरुण रामले दाईजो कै कारण छोरी हत्या भएको दाबी पत्रकार सम्मेलनमा गरे । चार दिनअघि दिउँसोको समयमा भर्खर जन्मिएका बच्चा सुतिरहेको बेला पति, ससुरा, सास र नन्द मिलेर छोरीको हातखुट्टा बाँधेर मट्टीतेल छर्किदैं आगो लगाएर हत्या गरिदिएको सरस्वतीका बुवा अरुणले जानकारी दिए ।
करिब ११ महिना अगाडी सरस्वतीको राजविराज ७ निवासी करण मेहतरसँग सामाजिक परम्परअनुसार मागी विवाह भएको थियो । सरस्वतीको शंकास्पद मृत्युपछि उनका १७ दिने छोरालाई यतिबेला आमा–बुवाले सम्हालिरहेका छन् ।
डेढ महिनाअघि सरस्वती आफ्नो माइती दरभंगा गएको बेला पती, सासु, ससुरा सबैले २० हजार रुँपैया माग गरिरहेको र पटक–पटक शारिरीक मानसिक यातनासमेत दिएको बारे खबर आफ्ना बुवा–आमासित राखेकी थिईन् । तर, आफूहरु दैनिक मिहिनेत मजदुरी गर्ने मान्छेलाई भनेको बेला पैसा उपलब्ध नभएको कारण छोरीलाई नपठाउँदा ज्यानै गुमाउनुपरेको दुःखेसो मृतकका बुवा अरुणले गरे ।
‘छोरीको बिहे गर्न दहेजसहित तीन लाख नेपाली रुपैयाँ खर्च भएको थियो’, पत्रकार सम्मेलनमा मृतक सरस्वतीका आमा–बुवाले भने, ‘हामी मिहिनेत मजदुरीबाट दुई छाक टार्ने गरेका छौं, छोरीले पैसा मागेकाबारे जानकारी गराएपनि तत्काल उपलब्ध नभएकाले दिन सकेन, तर घरकालागि प्रयोग हुने सामग्री खरीद गरेर पठाईदिए, हामीलाई के थाहा कि पैसा नदिए छोरीलाई ज्यान नै गुमाउनुपर्छ भनेर ?’
यता मृतककी आमा मन्जु देवीले छोरीको हत्या ज्वाई, सम्धीसबै मिलेर गरेको भनि जाहेरी नेपाल प्रहरीलाई दिन जाँदा नलिएको बताईने । पछिल्लो चार दिनदेखी आफूहरु न्यायकालागि हारगुहार गर्दा समेत कसैले कुनै सहयोग नगरेको भन्दै सम्बन्धित सबैसित न्यायकालागि पहल गरिदिन मृतककी आमा–बुवाले अपिलसमेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या भएको वा आत्महत्या भएको भनि एकिनकासाथ भन्न नसकिने जनाए । ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौं’, सप्तरीका एसपी भीमबहादुर ढकालले भने, ‘सिधै कसैलाई पक्राउ गर्न सकिंदैन, अनुसन्धानको क्रममा दोषी ठहरिनेलाई हामी कारबाही गर्छौं ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ