News Category 2072/12/26
मधेस आन्दोलनको बेला सामाजिक सद्भाव बिग्रियो भनि हल्ला मात्र
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
तेश्रो मधेस आन्दोलनका क्रममा मधेसमा समाजिक सद्भाव बिग्रिएको भनि भएको हल्ला मात्रै भएको बिहीवार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागी विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले बताएका छन् ।
जागृत नेपाल नामक संगठनले आयोजना गरेको ‘मधेसमा समाजिक सद्भाव’ विषयक छलफल बहस कार्यक्रमका सहभागीहरुले आन्दोलनको बेला अनाहकमा समाजिक सद्भाव बिग्रियो भनि अफवाह फैलाउन काम भएको बताए ।
पूर्व राजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्ण, भाषिक विश्लेषक एवं लेखक कृष्ण हाच्छेथु, मधेस मामिला जानकार चन्द्रकिशोरसहितका उपस्थितीमा सम्पन्न उक्त छलफल बहस कार्यक्रममा सप्तरीका बुद्धिजीविहरुले यस्तो बताएका हुन् ।
‘काठमाण्डौसहितका केही शहरहरुमा सामाजिक सद्भाव कायम रहन नदिने उद्देश्यले केही गलत तत्वबाट मधेसमा समाजिक सद्भाव बिग्रिएको भनि अफवाहा फैलाउने काम गरियो’, मैथिली महासंघका अध्यक्ष बिष्णुकुमार मण्डलले भन्नुभयो, ‘वास्तविकता त्यस्तो भएको भए सामाजिक सद्भाव खल्बलाउने थियो, बरु मधेसका जिल्लामा केही उच्खृंल ब्यक्तिहरुबाट मधेसी समुदायलाई होचयाउने काम गरियो, तर हामी यसमा सचेत थियौं, फलस्वरुप एउटा पनि त्यस्तो घटना घटेको छ भने आरोप लगाउनेहरुलाई प्रमाणित गर्न चुनौती दिन्छौं ?’
बहसमा भाषा विश्लेषक कृष्ण हाच्छेथुले नेपालको पाठ्यक्रम नै विभेदपूर्ण भएकोले मुलुकको इतिहासमा मधेस अपहेलित भएको विचार ब्यक्त गर्नुभयो । उहाँले मधेस पनि नेपालको हिस्सा भएको र समान अधिकारी नपाउञ्जुले अधिकारप्राप्तीकालागि संघर्षहरु भईरहने बताउनुभयो ।
पूर्व राजदुत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेसका पोजेटिभ पक्षलाई पनि काठमाडौंले नकारात्मक देख्ने प्रवृत्ति अन्त हुन आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो दुई दिनेदेखि आयोजक संस्थाले राजविराजमा विभिन्न कार्यक्रमहरु गर्दैआएको छ । बुधवार उसले मधेस आन्दोलनको समिक्षा र अभिलेखीकरण सम्बन्धी बहससमेत आयोजना गरेको थियो । बहसमा सहभागी भएका राजनीतिक दलका नेता, नागरिक समाज, पत्रकार, अधिकारकर्मीसहितकाले अधिकार प्राप्तीकालागि भएको आन्दोलनको उपलब्धी र कमी कमजोरीको बारे चर्चा गरेका थिए ।
बहसमा सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, तमलोपाका केन्द्रीय सदस्य साधना झा, मधेसी मोर्चा सप्तरीका संयोजक गजेन्द्र मण्डल, पूर्व प्राध्यापक अमरकान्त झा, वरिष्ठ पत्रकार अनिल अनल, शिवहरि भट्टराई, करुणा झा, उमा पोखरेल, अनिता देवकोटा, लेखक रामनारायण देव, नागरिक समाजका थानसिंह भन्सालीसहितका उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ