News Category 2072/12/26
आन्दोलन सशक्त एवं निर्णायक बनाउन फोरम सप्तरीले ग¥यो विभिन्न निर्णय
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला तदर्थ समिती सप्तरीको मंगलबार र बुधबार राजबिराजमा सम्पन्न पूर्ण बैठकबाट बिभिन्न निर्णयहरु गरेको छ ।
जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रिय सदस्य तथा सह ईन्चार्ज बिनोद चौधरी, केन्द्रिय सदस्यहरु चित्त नारायण यादब, सुर्यनाथ यादव, अशोक यादव, केन्द्रिय परिषद सदस्य यूसुफ अलिको उपस्थीतीमा जारी मधेश अन्दोलनलाई शसक्त एवं निर्णायक बनाउने लगायतका निर्णयहरु गरेको छ ।
पार्टी सम्बद्ध सम्पुर्ण संरचनाहरुलाई परिचालन गर्ने, बिभिन्न क्षेत्रहरुमा जनजागरण कार्यक्रम आयोजना गर्ने, मुद्दा मिल्ले पार्टी समुहसँग गठबन्धन गरी आगामी बैशाखदेखी शुरु हुने निर्णायक अन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउने, अन्दोलनको क्रममा सहिद भएका परिवारलाई क्षतीपुर्ती र सहयोगको लागी पहल गर्ने, घाईते, अंगभंग भएकाहरुको उपचारको लागी आबश्यक खर्च तथा आन्दोलनमा सहादत प्राप्त ब्यक्तीहरुलाई सहिद घोषणा गर्न लगायतका निर्णयहरु गरिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विगतको सहमति सम्झौता र मोर्चाद्वारा प्रस्तुत ११ वुदे मागलाई वेवास्ता गरी सरकार गैर राजनीतिक साम्म्रदायिक घोर व्राहमणवाद अंहकांरवाद सरकार बिरुद्ध दबाब मुलक कार्यक्रम गर्ने, ब्याप्त महंगी कालाबजारी, चरम भ्रष्टाचारी, कृतिम अभावका साथै आन्दोलनको अबधिभरमा मधेश, थरुहटका जिल्लामा राजस्व, बैंक ऋणको ब्याज मिनाहा गर्न सरकारलाई दबाब दिने रहेका छन् ।
यस्तै बैठकले बैशाख ८, ९ र १० गते सम्ममा केन्द्रिय नेताहरुको उपस्थीतीमा प्रत्येक निर्वाचन क्षेत्रमा जारी मधेश आन्दोलनको समिक्षा र भाबी अन्दोलनको तयारी सम्बन्धी १ दिने क्षेत्रिय स्तरीय अन्तरक्रिया गर्ने निर्णय अनुसार क्षेत्र नं. १ सप्तकोशी नपा, कंचनरुप नपा र लहोजरा गााबिस, क्षेत्र नं २ मा भारदह, डाढा र मंसापुर, क्षेत्र नं ३ को राजबिराज, सकरपुरा र ईटहरी स्कुल, क्षेत्र नं ४ को नर्घो झौहरा चौक, मलेकपुर (खुरहुरिया) र पातो, क्षेत्र नं ५मा कठौना, करोडबोना र भेडिया र नं क्षेत्र ६ मा बर्साईन, बनौली र मलहनियामा गरिने, बैशाख १० गतेभित्र क्रियाशिल सदस्यताहरुको बितरण तथा नबिकरण गरी सबै भातृ संगठन तथा पेशागत संगठन, गाँउ, नगर, क्षेत्रको गठन पुर्नगठन, समायोजन, रुपान्तरण, अधिवेशन गरी जिल्ला अधिबेशन सम्पन गर्ने निर्णय गरिएको छ ।
यसैगरी बैठकबाट बिभागिय बाँडफाँड गरी निम्न बमोजिमका बिभाग प्रमुख तथा क्षेत्रिय ईन्चार्जहरु तोकिएको छ । पार्टी उपाध्यक्ष कन्तालाल चौधरीलाई संगठन बिभाग प्रमुख, सचिब उमेश प्रसाद यादबलाई सामान्य प्रशासन तथा अनुगमण बिभाग प्रमुख, सह सचिब उपेन्द्र साहलाई ट्रेड युनियन महासंघ संयन्त्र प्रमुख, कोषाध्यक्ष मनोज यादबलाई आर्थिक बिभाग प्रमुख, सदस्य केदार प्रसाद यादबलाई पार्टी स्कुल तथा राजनितिक प्रशिक्षण बिभाग प्रमुख, सदस्य बृजमान तामाङलाई प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख, सदस्य डोमन साहलाई कानुन बिभाग प्रमुख, उपमा देबलाई महिला बिभाग प्रमुख, दिल कुमारी चौधरीलाई सांस्कृतिक बिभाग प्रमुख, रामस्वागत बिश्वकर्मालाई शिल्पी महासंघ संयन्त्र प्रमुख, बालकिशोर यादबलाई बौद्धिक तथा पेशा कर्मी संयन्त्र प्रमुख, सुरेन्द्र यादबलाई स्वस्थ्य बिभाग प्रमुख, अभिशेक यादबलाई युवा तथा बिधार्थी बिभाग प्रमुख, दुर्गा प्रसाद साहलाई उद्योग ब्यबसाय महासंघ संयन्त्र प्रमुख, योगेन्द्र प्रसाद यादबलाई किसान महासंघ संयन्त्र प्रमुख, महेन्द्र यादबलाई सहकारी बिभाग प्रमुख, गन्सु चौधरीलाई आदिबासी जनजाती संयन्त्र प्रमुख, शाबिर अलिलाई मुस्लिम फोरम संयन्त्र प्रमुख, नारायण यादबलाई शिक्षक संयन्त्र प्रमुख र रामेश्वर यादबलाई कार्यालय सचिबको जिम्मेवारी दिइएको छ ।
यस्तै क्षेत्र नं १ को ईन्चार्जमा रामेश्वर यादब, सह ईन्चार्ज बिजय चौधरी, २ मा ईन्चार्ज कौशलेन्द्र यादब, सह ईन्चार्ज परमानन्द मण्डल, ३ नं मा ईन्चार्ज सुनिता साह, सह ईन्चार्ज प्रभु नारायण यादब, ४ नं मा ईन्चार्ज शिबशंकर यादब, सह ईन्चार्ज ईन्द्र नारायण मण्डल, ५ मा बलराम यादब, ईन्चार्ज उज्वल चौधरी सह ईन्चार्ज र ६ नं मा ईन्चार्ज सुरेन्द्र यादब, सह ईन्चार्जमा श्रीप्रसाद भगतलाई बैठकको निर्णयद्धारा जिम्मेवारी दिएको छ । पार्टी मातहतका समिती,भातृ तथा पेशागत संगठनहरु लाई समायोजन गर्न जिल्ला उपाध्यक्ष कन्तलाल चौधरीको संयोजकत्वमा ६ वटै क्षेत्रका क्षेत्रिय ईन्चार्जहरु रहने गरी समिती समेत गठन गरेको बिहीबार जिल्ला अध्यक्ष दिनेश यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ