News Category 2072/12/28
अन्तत् जिल्ला परिषद्को उद्घाटन सहिद पत्नीले गर्ने
राजविराज÷जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मधेशी मोर्चा र विभिन्न दलबीच सहमति भएको छ ।
मधेशी मोर्चा सप्तरीले गरेको प्रस्तावमाथी विभिन्न दलहरुले सहमति जनाउँदै चैत २९ गते हुने २२ औं जिल्ला परिषद्को प्रमुख अतिथ्यको रुपमा जारि मधेश आन्दोलनका पहिलो सहिद सप्तरीको भारदह १ निवासी राजिव राउतकी धर्मपत्नी निलम देवी राउत हुने भएकी छिन् ।
सोही परिषद्मा मधेश आन्दोलनका शहिद रामकृष्ण राउत, बिरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह, शिवशंकर दास, गुल्टेन दास र खुशिलाल यादव तथा जनआन्दोलनका शहिद दशन यादवका परिवारलाई विशेष अतिथि बनाई सम्मान गर्ने कार्यक्रम सर्वसम्मतिले पारित भएको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा जारि मधेश आन्दोलन ३ का पहिलो शहिद राजिव राउतकी पत्नीलाई प्रमुख अतिथि बनाउने विषयमा नेकपा एमालेले बिरोध गर्दा गर्दै पनि अन्तत् बाँकी रहेका सम्पूर्ण दलले मोर्चाको प्रस्तावमाथी सहमति जनाएको उल्लेख छ ।
विज्ञप्तिमा प्रमुख अतिथि निलम देवी राउतलाई नै सर्वसम्मतिले सहमति जनाउने सम्पूर्ण दलहरुलाई मधेशी मोर्चा सप्तरीले धन्यवाद दिँदै परिषद् सफल बनाउन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ