News Category 2072/12/28
मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा सम्पन्न
राजविराज÷मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका सल्लाहकार जसकरण शारदाको प्रमुख आतिथ्यमा आयोजित सो सभामा मारवाडी सेवा समितिका अध्यक्ष थानसिंह भन्सालीले २ सय २५ वर्षदेखि मारवाडीहरु नेपालमा बसोबास गर्दै आईरहेको बताउनुभयो ।
उहाँले तत्कालिन नेपाल सरकारको आग्रहमा मारवाडीहरु नेपालमा आप्mनो व्यवसायीलाई बिस्तार गर्दै आएको जानकारी दिदै सप्तरी जिल्लामा १ सय २५ वर्षदेखि बसोबास गर्दै आएको बताउनुभयो । अध्यक्ष भन्सालीले सप्तरीमा सबैभन्दा पहिले हनुमाननगरमा मारवाडीहरु बसोबास गरेको र आप्mनो व्यवसायीलाई सुचारु गरेपछि कोशी नदीले गर्दा राजविराज बँसाई सराई गर्नुपरेको स्मरण गराउनुभयो ।
अहिले मारवाडीहरु व्यवसायीमा मात्र सिमित नभएर समाजको अन्य भागमा पनि आप्mनो सहभागिता जनाउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा मारवाडी सेवा समितिले प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला प्रहरी कार्यालयका एसपी भिम ढकाल, सशस्त्र प्रहरीका एसपी दमन थापा, राष्ट्रिय अनुसन्धानका अधिकृत सुमन वैद्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण देव, वरिष्ठ पत्रकार बैजनाथ झा, समितिका गोविन्द्र कावँरा, वैजु जोशी लगायत एक दर्जन ब्यक्तिहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ