News Category 2073/01/09
यस वर्ष एक मेट्रिक टन प्रति हेक्टर गहुँ कम उत्पादन
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सप्तरीमा यस वर्ष गहुँ उत्पादनमा एक मेट्रिक टन प्रति हेक्टर कमि आएको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले दिएको जानकारी अनुसार सप्तरीमा गत वर्ष २४ हजार हेक्टरमा गहुँ बाली लगाइएको थियो भने यस वर्ष २५ हजार हेक्टरमा गहुँ बाली लगाईएपनि उत्पादनमा कमि आएको छ ।
गत वर्ष २.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको थियो भने यस वर्ष सुख्खा क्षेत्र भएको तथा समयमा वर्षा नहुँदा सिंचाईको अभावमा १.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको कृषि कार्यालयले जानकारी दिएको छ ।
गत वर्ष सप्तरीमा कुल ६० हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष ३७ हजार ५ सय मेट्रिक टन मात्र गहुँ उत्पादन भएको थियो ।
समयमा वर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारणले यस वर्ष गहुँ उत्पादनमा कमि आएकोमा दुख ब्यक्त गर्दै सप्तरीको बरही बिरपुर गाविस ७ का किसान वौआ लाल यादव भन्छन, “गहुँ उत्पादनमा कमि आएकोले आफु जस्ता अन्य किसानहरुलाई वर्षभरी गहुँ खान पुग्दैन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ