News Category 2073/01/13
साइकल यात्री दासद्वारा शहादत प्राप्त परिवारसँग भेटघाट
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
थर्ड एलायन्सका मानवअधिकार अधिकृत शिबेन्द्र कुमार दास मधेश आन्दोलन ३ मा शहादत प्राप्त गरेका परिवारजनहरुसँग भेटघाट गर्दै आईतबार साइकलबाट यात्रा गर्दै सप्तरी आईपुग्नु भएको छ ।
बैशाख ६ गतेदेखि मोरंगबाट शुरु गर्नुभएको अधिकृत दासले सबैभन्दा पहिले मोरंग बेलडांगाका सहादत प्राप्त महादेव श्रृषीदेवको परिवारजनसँग भेटघाट गरी सप्तरी आईपुग्नु भएको हो ।
उहाँले आन्दोलनका क्रममा पहिलो शहादत प्राप्त गरेका सप्तरी भारदहका राजिव राउत, पोर्ताहाका रामकृष्ण राउत र डाढा गाविसका बिरेन्द्र रामका परिवारजनसँग भेटघाट गर्नुभएको छ ।
उहाँले आन्दोलनका क्रममा शहादत प्राप्त ५४ जना मध्ये ३६ जना मधेशी रहेको सरकारी तथ्याङ्ग बताउँदै सबै शहादत प्राप्त परिवारजनसँग भेटघाट गरी उहाँहरुको आर्थिक अवस्था तथा उहाँहरुले बिताईरहेको जिवन र दिनचर्या सम्बन्धि जानकारी प्राप्त गरी सरकारलाई रिर्पोटको रुपमा बुझाउने जानकारी दिनुभयो । उहाँले करिब दुई महिनाको समयमा सम्पुर्ण शहादत प्राप्त परिवारजनसँग भेटघाट गरी रिपोर्ट तयार गरी सरकारलाई बुझाउने जानकारी दिनुभयो ।
सुनसरीको भण्टावारी हरीपुर निवासी दास साईकलबाटै यात्रा गर्ने क्रममा आईतबार सप्तरी आइपुग्दा मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलले उहाँलाई राजविराजस्थित गजेन्द्र चौकमा माला लगाई स्वागत गर्नुभयो ।
सो अवसरमा सदभावना पार्टीका नेता सत्य नारायण यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मोर्चाका उमेश साहसहितकाहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उहाँले आन्दोलनका क्रममा शहादत प्राप्त परिवारजनहरुको अवस्था दयनिक रहेको र उनीहरुको बालबच्चा शिक्षा र स्वास्थ्यबाट बञ्चित रहेको जानकारी दिदै उनीहरुको लागि दिर्घकालिन रुपमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाँले सप्तरीका अन्य तीन जना शहादत प्राप्त परिवारजनहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ