News Category 2073/01/13
साइकल यात्री दासद्वारा शहादत प्राप्त परिवारसँग भेटघाट
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
थर्ड एलायन्सका मानवअधिकार अधिकृत शिबेन्द्र कुमार दास मधेश आन्दोलन ३ मा शहादत प्राप्त गरेका परिवारजनहरुसँग भेटघाट गर्दै आईतबार साइकलबाट यात्रा गर्दै सप्तरी आईपुग्नु भएको छ ।
बैशाख ६ गतेदेखि मोरंगबाट शुरु गर्नुभएको अधिकृत दासले सबैभन्दा पहिले मोरंग बेलडांगाका सहादत प्राप्त महादेव श्रृषीदेवको परिवारजनसँग भेटघाट गरी सप्तरी आईपुग्नु भएको हो ।
उहाँले आन्दोलनका क्रममा पहिलो शहादत प्राप्त गरेका सप्तरी भारदहका राजिव राउत, पोर्ताहाका रामकृष्ण राउत र डाढा गाविसका बिरेन्द्र रामका परिवारजनसँग भेटघाट गर्नुभएको छ ।
उहाँले आन्दोलनका क्रममा शहादत प्राप्त ५४ जना मध्ये ३६ जना मधेशी रहेको सरकारी तथ्याङ्ग बताउँदै सबै शहादत प्राप्त परिवारजनसँग भेटघाट गरी उहाँहरुको आर्थिक अवस्था तथा उहाँहरुले बिताईरहेको जिवन र दिनचर्या सम्बन्धि जानकारी प्राप्त गरी सरकारलाई रिर्पोटको रुपमा बुझाउने जानकारी दिनुभयो । उहाँले करिब दुई महिनाको समयमा सम्पुर्ण शहादत प्राप्त परिवारजनसँग भेटघाट गरी रिपोर्ट तयार गरी सरकारलाई बुझाउने जानकारी दिनुभयो ।
सुनसरीको भण्टावारी हरीपुर निवासी दास साईकलबाटै यात्रा गर्ने क्रममा आईतबार सप्तरी आइपुग्दा मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलले उहाँलाई राजविराजस्थित गजेन्द्र चौकमा माला लगाई स्वागत गर्नुभयो ।
सो अवसरमा सदभावना पार्टीका नेता सत्य नारायण यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मोर्चाका उमेश साहसहितकाहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उहाँले आन्दोलनका क्रममा शहादत प्राप्त परिवारजनहरुको अवस्था दयनिक रहेको र उनीहरुको बालबच्चा शिक्षा र स्वास्थ्यबाट बञ्चित रहेको जानकारी दिदै उनीहरुको लागि दिर्घकालिन रुपमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाँले सप्तरीका अन्य तीन जना शहादत प्राप्त परिवारजनहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ