News Category 2073/01/13
मैथिल समाज नेपालद्वारा पत्रकार यादव र चौधरी सम्मानित
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
मैथिली भाषा, संस्कृति एवम् साहित्यको संरक्षण सम्वद्र्धनमा योगदान पु¥याउने सप्तरीका श्यामसुन्दर यादव र मोरङ्ग बिराटनगरका प्रवीणनारायण चौधरीलाई सम्मान गरिएको छ ।
मैथिल समाज नेपाल रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको ‘विद्यापति स्मृति पर्व एवं मैथिल परिवार मिलन समारोह’का बीच सप्तरीका श्यामसुन्दर यादव र मोरङ्ग बिराटनगरका प्रवीणनारायण चौधरीलाई सम्मान गरिएको हो ।
पत्रकार एवम् अभियानकर्मी यादवलाई मातृभाषाको उन्नयनमा चिन्तन, वन्दन, एवम् सृजनरत रही मैथिलीको गौरव–गरिमा बढाउनमा समर्पित रहेको भन्दै उक्त सम्मानपत्रमा अगाडि लेखिएको छ ‘पत्रकारिता, सांस्कृतिक सञ्चयन एवम् भाषिक जागरणजन्य अभियानी संलग्नता आदिमा तपाईको विविधामार्गी सक्रियताले मैथिली भाषाको स्वर्णिम विगतको उत्खनन् तथा सुनौलो भविष्य प्रबन्धन गर्नमा ठोस योगदान भइरहेको छ, तपाइको यो सम्वेदना, सोच र सामथ्र्य निरन्तर लहलहाई रहोस् र यो माध्यमबाट मिथिला–मैथिली अझ जगउजागर हुँदै जाओस् यही शुभकामनाकासाथ तपाइमा यो सम्मान सादर समर्पित गरिएको छ ।’
यसैगरी अर्का सम्मानित व्यक्तित्व मोरङ्गको बिराटनगर निवासी चौधरी दहेज विरोधी संस्था ‘दहेजमुक्त मिथिला’का अन्तर्राष्ट्रिय संयोजक हुन् । मैथिली जिन्दावाद अनलाइनका सम्पादक समेत रहेका उनी मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण तथा उन्नयनमा महत्वपूर्ण भूमिका निभाउँदैआएका छन् । मैथिलीप्रति समर्पित रहेका चौधरी मैथिलीभाषालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धनमा संघर्षरत दहेज तथा बालविवाह विरुद्धको अभियानलाई जन–जनमा पुर्याउन उनी विभिन्न अभियान सञ्चालन गर्दैआएका छन् ।
मैथिली अभियानीद्वय चौधरी र यादवलाई मैथिल समाज नेपाल रुपन्देहीको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् व्यवस्थापिका संसदका सांसद डा. वीरेन्द्र प्रसाद महतो र आयोजक संस्थाका अध्यक्ष मुखिलाल चौधरीले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही कार्यक्रममा समाजका आजिवन सदस्य तथा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रसंशा–पत्र प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ