News Category 2073/01/14
सप्तरीको दुई गाविसमा आगलागि हुँदा ४ लाख नगदसहित ५० लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको दिघवा गाविस ४ मा सोमबार दिउँसो आगलागी हुँदा दश परिवारको घर जलेर करिब ५० लाख मुल्य बराबरको तथा जिल्लाकै पिप्रहा गाविसमा आइतबार आगलागि हुँदा ४ लाख नगदसहित करिब १० लाख बराबरको क्षति भएको छ ।
स्थानीय सरजुग भगतको घरबाट विद्युतको तार सर्ट भई अचानक आगलागि दश परिवारको घर तथा घरमा रहेका सम्पुर्ण समान जलेर सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता दान बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आगलागीमा दिघवा गाविसका सुम नारायण शर्मा, राम नारायण सुतिहार, सिताराम सुतिहार, अनिता देवि सुतिहार, राम चलितर शर्मा, जगदिश यादव, रामदेव शर्मा, राम आशिष शर्मा, आशा देवि यादव सहितका घर जलेर नष्ट भएको छ ।
यता आगलागिबाट मानविय क्षति नभएको, चौपाय दुई बटा खसी जलेर मरेको तथा आगलागि अन्यत्र फैलन नदिनका लागि सोही ठाउँकी आशा देवि साहको घर भत्काईएको जनाइएको छ । आगलागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी, राजविराज तथा लहानको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको पिप्रहा गाविसमा आगलागि हुँदा ४ लाख नगदसहित करिब १० लाख बराबरको क्षति भएको छ ।
पिप्रहा ८ निवासी जिबछ यादबको घरमा बिद्युत सर्ट भइ आगलागी हुँदा नगद ४ लाखसहित उनको फुसको दुई वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा जिवछले छोरीको बिबाहको लागि किनेको समानसमेत जली अन्दजी १० लाख बराबरको क्षती भएको पीडितले बताएका छन् । आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी औरहीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ