News Category 2073/01/15
विद्यालय भर्ना अभियानमा जिल्लावासीको सहयोग आवश्यक ः जिशिअ भट्टराई
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले विद्यालय भर्ना अभियानका लागि सम्पूर्ण सप्तरीवासीहरु आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
सप्तरीको बेल्ही चपेना गाविसस्थित जनता निमाविलाई मंगलबार मावि घोषणा गर्दै उहाँले सो कुरा बताउँदै जिल्लाको ग्रामिण क्षेत्रका विद्यालयहरुको अवस्था दयनिय रहेकोमा यसप्रति सम्पूर्ण सरोकारवालाहरुले सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षासँगै जिल्लाको दक्षिणी भेगका गाविसहरुमा अझै मावि नहुँदा त्यहाँका बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहेकोले शिक्षा क्षेत्रलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं मधेशी मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलले गाविसको विकासका लागि शिक्षा अति आवश्यक भएकोले सम्पुर्ण राजनैतिककर्मी, बृद्धिजिवी, सरोकारबालाहरु शिक्षामा राजनीति नगरी विकास र राजनीतिकलाई अलग अलग पाटोबाट हेर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव शंकर मण्डलको अध्यक्षतामा आयोजित सो मावि उदघाटन समारोहमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत विजय कुमार मण्डल, जनस्वास्थ्य कार्यालयका अधिकृत डम्बर नारायण साह, पत्रकार शुभ नारायण यादव, जय नारायण मण्डल, रामनाथ मण्डल, गाविस सचिव दिनेश कुमार यादव, ओम प्रकाश मण्डल, गम्हरिया प्रवाहा निमाविका प्रअ बलदेव यादव, रामसपाका जिल्ला सदस्य राज कुमार मण्डल, विद्यालयका प्रअ हरीगुण पण्डित सहितकाहरुले यस विद्यालयलाई थप गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सबैजना एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ