News Category 2073/01/16
सुनचाँदी प्रकरणमा दुई प्रहरीलाई कारवाही दुई जवानमाथी कारवाहीको प्रक्रिया बढाइयो
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सप्तरीका एक असई र एक जवानलाई कार्वाही गरेको छ ।
व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गरेको भन्दै सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले जानकारी दिनुभएको छ ।
सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मो नसिमले २० तोला सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री ल्याइरहेको अवस्थामा राजविराजको रुपनी मोडबाट सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले पक्राउ गरी कसैलाई जानकारी नदिई आफैँ बाँडेर अनियमितता गरेको आरोपमा उनीहरूमाथि कार्वाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको दोषी पाइएको र उनीहरू बारेमा अवश्यक छानबिन भइरहेको बताएको छ ।
राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको भन्दै सप्तरीका सुनचाँदी उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजेशकुमार साहले पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ