News Category 2073/01/18
सरकारी कार्यालयमा गठबन्धनले लगायो कालो झण्डा
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार सरकारी कार्यालयहरुमा कालो झण्डा लगाएका छन् ।
सोही कार्यक्रम अनुसार गठबन्धनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत कालो झण्डा लगाएको छ । मधेशी मोर्चा सप्तरीको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गनबाट निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कालो झण्डा लगाएको हो ।
त्यसपश्चात् मोर्चाका नेता कार्यकर्ताहरु नगर परिक्रमा गरि सम्पूर्ण सरकारी कार्यालयहरुमा कालो झण्डा शान्तिपूर्ण तरिकाले लगाएको मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
त्यसैगरी सदभावना पार्टीका वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादवको नेतृत्वमा सप्तरीको क्षेत्र न. ६ अन्तगर्त जिल्लाको बसाईन बजारमा कालो झण्डा लगाएको सदभावना पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डलले जानकारी दिनुभयो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत गठबन्धनका दलहरुले देशैभरीको सरकारी कार्यालयहरुमा कालो झण्डा गाडि रहेको गठबन्धनले जनाएको छ ।
यसअघि १५ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको थियो । १९ गते मजदुर दिवसको अवसरमा गठबन्धनले जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया, ¥याली तथा कोण सभा गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ