News Category 2073/01/18
राजविराज नगरपालिका एशोसिएशनले बैशाख २१ देखी आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराज नगरपालिका कार्यालयले अगामी बैशाख २१ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।
एशोसिएशनका अध्यक्ष उमेश कुमार यादवद्वारा शुक्रबार जारी विज्ञप्तीमा गत माघमा कर्मचारी इकाई समितिले राखेको ७ बुँदे मागहरु पुरा गर्नुपर्ने, आ.व.२०७२÷०७३ संशोधित तथा आ.व.२०७३÷०७४ को बजेट परिषद हचुवा भरमा गरेकोले प्रक्रिया पुरा गरी पुन परिषद गर्नुपर्ने, वारुणयन्त्र, कर्मचारीहरुलाई आवास व्यवस्था व्यवस्थित गरी शौचालय खानेपानी समेत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माँगहरु अघि सारी आन्दोलनको घोषणा गरेको हो ।
त्यस्तै जारी विज्ञप्तीमा कर्मचारीहरुलाई समयमा तलव नदिई ३ महिनाको बाँकी रहेको अविलम्व भुक्तानी दिई अव उप्रान्त समयमै तलव भुक्तानी गर्नुपर्ने, नगरपालिकाको सवारी साधन अधिक मात्रामा निजी रुपमा प्रयोग गरेकोले अव उप्रान्त कार्यालयको काम बाहेक अन्यत्र निजी प्रयोग बन्द गर्नुपर्ने लगायतका मागहरु अघि सारीएको उल्लेख छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत बैशाख २१ गतेदेखि प्रत्येक दिन थप हुने गरी दुई घण्टा कार्यालयको अति आवश्यक कार्यालयको दैनिक कामकाज बन्द गरी समयमा कार्यालय परिसर अगाडी धर्ना दिने तथा बैशाख २८ गतेदेखि अति आवश्यक सेवा बाहेक कार्यालयको सम्पुर्ण काम बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
साथै एशोसिएशनले उठाएका १३ बुँदे माँगहरु अविलम्ब सम्बोधन नभएको खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ