News Category 2073/01/18
राजविराज नगरपालिका एशोसिएशनले बैशाख २१ देखी आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराज नगरपालिका कार्यालयले अगामी बैशाख २१ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।
एशोसिएशनका अध्यक्ष उमेश कुमार यादवद्वारा शुक्रबार जारी विज्ञप्तीमा गत माघमा कर्मचारी इकाई समितिले राखेको ७ बुँदे मागहरु पुरा गर्नुपर्ने, आ.व.२०७२÷०७३ संशोधित तथा आ.व.२०७३÷०७४ को बजेट परिषद हचुवा भरमा गरेकोले प्रक्रिया पुरा गरी पुन परिषद गर्नुपर्ने, वारुणयन्त्र, कर्मचारीहरुलाई आवास व्यवस्था व्यवस्थित गरी शौचालय खानेपानी समेत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माँगहरु अघि सारी आन्दोलनको घोषणा गरेको हो ।
त्यस्तै जारी विज्ञप्तीमा कर्मचारीहरुलाई समयमा तलव नदिई ३ महिनाको बाँकी रहेको अविलम्व भुक्तानी दिई अव उप्रान्त समयमै तलव भुक्तानी गर्नुपर्ने, नगरपालिकाको सवारी साधन अधिक मात्रामा निजी रुपमा प्रयोग गरेकोले अव उप्रान्त कार्यालयको काम बाहेक अन्यत्र निजी प्रयोग बन्द गर्नुपर्ने लगायतका मागहरु अघि सारीएको उल्लेख छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत बैशाख २१ गतेदेखि प्रत्येक दिन थप हुने गरी दुई घण्टा कार्यालयको अति आवश्यक कार्यालयको दैनिक कामकाज बन्द गरी समयमा कार्यालय परिसर अगाडी धर्ना दिने तथा बैशाख २८ गतेदेखि अति आवश्यक सेवा बाहेक कार्यालयको सम्पुर्ण काम बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
साथै एशोसिएशनले उठाएका १३ बुँदे माँगहरु अविलम्ब सम्बोधन नभएको खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ