News Category 2073/01/21
महाधिवेशनमा सहभागि हुन कैलालीबाट हिडेको बस सप्तरीमा दुर्घटना
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बिराटनगरमा हुन लागेको महाधिवेशनमा सहभागीका लागि कैलालीको धनगढीबाट हिँडेको बस सोमबार विहान पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
बिराटनगरतर्फ गइरहेको ना ४ ख ९७४६ नम्वरको बस पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर बेरियर नजिक विहान करिब ८ः३० बजेको समयमा गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको हो ।
घाइतेहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरीको अवस्था गम्भीर रहेका कारण थप उपचारकालागि विराटनगर स्थित न्यूरो र नोबेल हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
यता बसमा सवार अन्य सामान्य घाइतेहरुको जिल्लाको ठेलिया गाविसस्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ