News Category 2073/01/22
राजविराज नगरपालिका कर्मचारीद्वारा धर्ना
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराज नगरपालिका कर्मचारीहरुले मंगलबार दुई घण्टा कार्यालय परिसरमै धर्ना दिएका छन् ।
एशोसिएशनका अध्यक्ष उमेश कुमार यादवले गत माघमा कर्मचारी इकाई समितिले राखेको ७ बुँदे मागहरु पुरा गर्नुपर्ने, आ.व.२०७२÷०७३ संशोधित तथा आ.व.२०७३÷०७४ को बजेट परिषद हचुवा भरमा गरेकोले प्रक्रिया पुरा गरी पुन परिषद गर्नुपर्ने, वारुणयन्त्र, कर्मचारीहरुलाई आवास व्यवस्था व्यवस्थित गरी शौचालय खानेपानी समेत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माँगहरु अघि सारी आन्दोलनको घोषणा गरेको जनाउनु भएको छ ।
त्यस्तै उहाँले कर्मचारीहरुलाई समयमा तलव नदिई ३ महिनाको बाँकी रहेको अविलम्व भुक्तानी दिई अव उप्रान्त समयमै तलव भुक्तानी गर्नुपर्ने, नगरपालिकाको सवारी साधन अधिक मात्रामा निजी रुपमा प्रयोग गरेकोले अव उप्रान्त कार्यालयको काम बाहेक अन्यत्र निजी प्रयोग बन्द गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको बताउनुभयो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत प्रत्येक दिन थप हुने गरी दुई घण्टा कार्यालयको अति आवश्यक कार्यालयको दैनिक कामकाज बन्द गरी समयमा कार्यालय परिसर अगाडी धर्ना दिने तथा बैशाख २८ गतेदेखि अति आवश्यक सेवा बाहेक कार्यालयको सम्पुर्ण काम बन्द गर्ने रहेको छ ।
साथै एशोसिएशनले उठाएका १३ बुँदे माँगहरु अविलम्ब सम्बोधन नभएको खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ