News Category 2073/01/23
जिल्ला साक्षर भएपनि नगरकै अधिकांश मुस्लिम महिलाहरु अझै निरक्षर
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सरकारले अर्बौ खर्बौ लगानी गरेर निरक्षरलाई साक्षर बनाउने अभियान संचालन गरेपनि सप्तरी सदरमुकाम राजविराज नगरपालिका २ का मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेका छन ।
सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउने अभियान संचालन गरेपनि राजविराज नगरपालिका २ चनौरा पडरियाका मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेका हुन ।
त्यहाँका करिब सयौ मुस्लिम समुदायका महिलाहरु अहिले पनि शिक्षाको पहुँचबाट निकै टाढा रहेकी छिन । उनीहरुलाई आप्mनो नाम लेख्न नआएर अझै औठा छाप नै गर्ने गरेका छन् ।
मदरसा आशिनिया दारुल उलुम राजविराज नगरपालिका २ चनौरामा आयोजित छात्रबृति तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा सहभागि अधिकांश मुस्लिम महिलाहरु आप्mनो नाम लेख्न सकेनन् । कार्यक्रममा सहभागि अधिकांश मुस्लिम महिलाहरु नाम र सही नगरी औठा छाप नै लगाए ।
स्थानीय जहिदा खातुन भन्छिन, “सुरुदेखी पढ्न नपाए पनि सरकारले समेत संचालन गरेको साक्षरता अभियानमा जानकारी नपाएर पढ्नबाट छुटे” ।
सो कार्यक्रममा सहभागि अधिकांश मुस्लिम महिलाहरु मध्ये एक दुई जना बाहेक अन्य सबै जनाले औठा छाप नै गरेको मदरसाकी प्रअ खजिरा खातुनले बताईन । उहाँका अनुसार यहाँका मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट निकै टाढा रहेकी छिन । उहाँहरुका श्रीमान् बैदेशिक रोजगारमा रहेका छन भने घरमा महिलाहरु त्यतिकै घरकै काम काजमै सीमित रहेकाले यहाँका महिलाहरु शिक्षाको पहुँचबाट टाढा रहेका छन ।
यसैबिच मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेकोमा चिन्ता ब्यक्त गर्दै मुस्लिम अगुवा तथा मदरसा आशिनिया दारुल उलुम राजविराजका अध्यक्ष आसिन मियाँले घर नजिकै मदरसा संचालनमा आएपछि यहाँका मुस्लिम सामुदायका बालबालिकाहरु पनि शिक्षामा पहुँच बढ्दै गएकोमा खुशि ब्यक्त गर्दै मुस्लिम समुदायका महिलाहरु शिक्षाको पहुँचबाट निकै टाढा रहेकोमा दुःख समेत ब्यक्त गर्नुभयो ।
यता जिल्ला शिक्षा कार्यालयले सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउनका लागि झण्डै ५ करोड भन्दा बढी बजेट सकिएपनि जिल्लाका अधिकांश ग्रामिण भेगका महिलाहरु शिक्षाको पहुँचबाट टाढा रहनुका साथै निरक्षर नै रहेकोमा सरोकारबालाहरुले चिन्ता ब्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ