News Category 2073/01/25
नगरपालिका कर्मचारीद्वारा धर्नालाई निरन्तरता शुक्रबार कार्यालय अवधी भर धर्ना अधिकृत र कर्मचारीबीच भनाभन
दैनिक समाचारदाता
राजविराज, २४ वैशाख ।
राजविराज नगरपालिकाका कर्मचारीहरु विभिन्न माग राख्दै धर्ना आन्दोलनलाई शुक्रबार निरन्तरता दिएका छन् ।
कर्मचारीहरुले शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म पाँच घण्टा धर्ना दिएका हुने । शुक्रबार कर्मचारीहरुले कार्यालय समयअवधी भर धर्ना बसेपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका छन् ।
कर्मचारीहरुले आन्दोलनको पहिलो दिन दुई घण्टा र त्यसपश्चात् थप एक एक घण्टा गर्दै शुक्रबार पाँच घण्टा धर्ना बसेका हुन् ।
यसैबीच शुक्रबार धर्नामा बसेका कर्मचारीहरुलाई नगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङले अपशब्द बोलेपछि उनीहरु आक्रोसित भएर कार्यकक्ष भित्रै गएपछि केही क्षण कर्मचारी र अधिकृतबीच भनाभन समेत भएको थियो । सो समयमा अधिकृत गुरुङ र राजनीतिक दलबीच उपभोक्ता समिति बारे छलफल भइरहेको थियो भने नगरपालिका विवाद समाधानका लागि निर्माण भएको समितिका पदाधिकारीहरुको समेतको उपस्थिति रहेको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ