News Category 2073/01/25
नगरपालिका कर्मचारीद्वारा धर्नालाई निरन्तरता शुक्रबार कार्यालय अवधी भर धर्ना अधिकृत र कर्मचारीबीच भनाभन
दैनिक समाचारदाता
राजविराज, २४ वैशाख ।
राजविराज नगरपालिकाका कर्मचारीहरु विभिन्न माग राख्दै धर्ना आन्दोलनलाई शुक्रबार निरन्तरता दिएका छन् ।
कर्मचारीहरुले शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म पाँच घण्टा धर्ना दिएका हुने । शुक्रबार कर्मचारीहरुले कार्यालय समयअवधी भर धर्ना बसेपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका छन् ।
कर्मचारीहरुले आन्दोलनको पहिलो दिन दुई घण्टा र त्यसपश्चात् थप एक एक घण्टा गर्दै शुक्रबार पाँच घण्टा धर्ना बसेका हुन् ।
यसैबीच शुक्रबार धर्नामा बसेका कर्मचारीहरुलाई नगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङले अपशब्द बोलेपछि उनीहरु आक्रोसित भएर कार्यकक्ष भित्रै गएपछि केही क्षण कर्मचारी र अधिकृतबीच भनाभन समेत भएको थियो । सो समयमा अधिकृत गुरुङ र राजनीतिक दलबीच उपभोक्ता समिति बारे छलफल भइरहेको थियो भने नगरपालिका विवाद समाधानका लागि निर्माण भएको समितिका पदाधिकारीहरुको समेतको उपस्थिति रहेको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ