News Category 2073/01/25
चार दिने “जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” सुरु
दैनिक समाचारदाता
राजविराज, २४ वैशाख ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बहादुर विष्टले खेलकुद युवाका लागि मात्र नभएर सम्पूर्ण व्यक्तिका लागि अति आवश्यक रहेको बताउनु भएको छ ।
“जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” को शुक्रबार उद्घाटन गर्दै सदस्य सचिव विष्टले सप्तरीबाटै जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर एउटा राष्ट्रिय अभियानको रुपमा सुरुवात भएको बताउनु भयो ।
उहाँले खेलकुदले स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता, पर्यटन, भाइचार लगायतमा निकै फलदायी हुने विश्वास व्यक्त गर्दै खेलकुदसँगै योग सम्पूर्ण मानिसलाई निरोग राख्नका लागि अहिलेको उत्तम विकल्प समेत रहेको जिकिर गर्नुभयो ।
उहाँले खेलकुद पदकका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि अति आवश्यक रहेकोले सम्पूर्ण पीडिका व्यक्तिहरुले खेलकुदसँगै योग गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा शुक्रबारदेखी चार दिनसम्म सो योग शिविर राजविराजमा सुरु भएको हो । सो योग शिविरमा करिब १ सय ५० जेष्ठ नागरिकहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले जानकारी दिनुभयो ।
योग शिविरमा रामदेव स्वामीका समकालिन डा. शिवराज कार्की मुख्य प्रशिक्षक तथा चार जना अन्य प्रशिक्षकहरुले जेष्ठ नागरिकहरुलाई प्रशिक्षण दिइरहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ