News Category 2073/02/01
सिंहदरबार घेराउमा दमन भए, गृहयुद्ध ः अध्यक्ष यादव आन्दोलनमा एमाओवादी नेता किरातीको पनि सहभागिता
दैनिक समाचारदाता
काठमाडौं, ३१ बैशाख ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संघीय गठबन्धनले काठमाडौंमा गर्न लागेको जनप्रदर्शन र सिंहदरबार घेराउको कार्यक्रममा सरकारले दमन गर्न खोजे गृहयुद्ध निम्तिने चेतावनी दिनु भएको छ ।
गठबन्धनको शनिबार काठमाडौैंस्थित शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी रहेको छ भने आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखिएको छ । यता उक्त कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राज्यले आतंक सिर्जना गर्न खोजिरहेको आरोप लगाउँदै यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्ने चेतावनी समेत दिनुभयो । सो पत्रकार सम्मेलनमा यादवले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेको भन्ने सुनेको भन्दै उहाँले भन्नभुयो, “हाम्रो सेना भनेको जनता हो, त्यसको जवाफ जनताले दिन्छन् ।”
सरकारले मधेसी मोर्चालाई फुटाउन खोजेको भन्दै उहाँले आरोप लगाउनुभयो । सरकारसँग विगतमा पटक पटक वार्ता भएपनि सरकारले माग सम्बोधनका लागि चासो नदिएकाले फेरि वार्ता गर्नुको औचित्य नभएको यादवले बताउनुभयो ।
यस्तै पत्रकार सम्मेलनमा सत्ता साझेदार दल एमाओवादीका नेता गोपाल किरातीको समेत उपस्थिति रहेको थियो । पत्रकारहरुको उत्सुकता मेटाउने कोशिस गर्दै उहाँले नयाँ संविधानले किराती समुदायका माग सम्बोधन नगरेकाले आफू पनि गठबन्धनसँगै आन्दोलनमा होमिएको जानकारी दिनुभयो । किराती नेतृत्वको किरात राज्य संघर्ष समितिको यसअघिको बैठकले गठबन्धनको आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ