News Category 2073/02/02
संघीय गठबन्धनले आज सिंहदरबार घेर्दै महतोले हनुमानथानबाट र यादवले माइतीघरबाट नेतृत्व गर्ने
काठमाडौं÷संघीय गठबन्धनले आज गर्न लागेको सिंहदरवार घेराउ कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू नै सडकमा ओर्लिने भएका छन् ।
सरकार मधेसका माग सम्बोधन गर्न तयार नभएको भन्दै गठवन्धनले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । मधेसी मोर्चाको आन्दोलनलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।
यसैबीच सिंहदरवारको सबैभन्दा संवेदनशील मानिने दक्षिणी गेट घेर्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेतृत्व गर्ने भएका छन् ।
संघीय समाजवादी फोरम नेपाल बाहेक संघीय गठवन्धनमा आबद्ध मधेसी मोर्चाका घटकहरू र अन्य मधेस केन्द्रित दलहरूको नेतृत्व गर्दै सदभावनाका अध्यक्ष महतोले दक्षिणी गेटमा हुने प्रदर्शनको नेतृत्व गर्ने बताइएको छ ।
महतोलाई सघाउनका लागि महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), महेन्द्र यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी (तमसपा), शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहने बताइएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी, लोक दल, लोकतान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल र खसान राष्ट्रिय संयुक्त संघर्ष समिति रहने बताइएको छ ।
यस्तै नयाँबानेश्वर ३ नम्बर गेटबाट बिजुलीबजार हुँदै हनुमानस्थानसम्म जुलुसको नेतृत्व गर्दै आउने र त्यसपछि प्रहरी घेरा तोडी दक्षिणी गेटसम्म पुग्ने अध्यक्ष महतोको योजना रहेको छ ।
संघीय गठबन्धनका प्रचार विभाग संयोजक आङकाजी शेर्पाले दिएको जानकारी अनुसार माइतीघर मण्डलाबाट सिंहदरबार घेराउको नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् ।
उता उपेन्द्र यादवसँगै माइतीघर मण्डलामा सबै जनजाति दलहरू हुनेछन् । यसअघि संघीय गठबन्धनले चार स्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरवार घेराउ गर्ने जनाएको थियो ।
शेर्पाले दुई स्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ भने हनुमानस्थानमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतले बतायो ।
सिंहदरबार घेराउ माइतीघर मण्डला आर्कमा संघीय समाजवादी फोरम नेपाल, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, संघीय जनमुक्ति पार्टी, थरूहट तराई पार्टी नेपाल, संघीय लिम्बुवान पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, लिम्बुवान संयुक्त संघर्ष समिति, शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति, नेवाः स्वायत्त राज्य मंका संघर्ष समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, तमुवान संयुक्त संघर्ष समिति, थरूहट संयुक्त संघर्ष समिति, संयुक्त मगरात मन्च, संयुक्त दलित अधिकार मन्च, लिम्बुवान मुक्ति मोर्चा नेपाल, किरात राज्य संघर्ष समिति र राष्ट्रिय दलित मुक्ति रहने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ