News Category 2070/05/29
झुम्का कारागारबाट फरार कैदी मध्ये एक पक्राउ
दैनिक संवाददाता
राजविराज, २८ भदौं ।
२०६९ साल कार्तिक २३ गते सुनसरीको झुम्का कारागारबाट फरार ११ जना कैदी मध्ये एक जना कैदीलाई बिहीबारराति जिल्ला प्रहरी कार्यालय सप्तरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको छ । यादवबारे सूचना दिने व्यक्तिलाई सुनसरी प्रहरीले रु. १ लाख नगद पुरस्कार दिने घोषणा समेत गरेको थियो ।
सुनसरीको झोरा गाविस ६ निवासी बिनय भनिने भोला यादवलाई सप्तरी प्रहरीले जिल्लाको गोबरगाढा गाविस २ स्थित पलारमा भैंसी चराउँदै गरेको अवस्थामा पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यादवमाथी सुनसरीको प्रकाशपुर ६ निवासी केशव कार्कीलाई गोली हानी हत्या गरेको अभियोगमा २० वर्ष जेल सजाय रहेको छ ।
करिब १० महिना अगाडि सुनसरीको झुम्कास्थित पुर्व क्षेत्रिय कारागारबाट सुरुङ्ग खनेर यादवसहित एक दर्जन कैदी÷बन्दी फरार भएका थिए ।
यसअघि नै कारागारको सुरुङ्ग खन्ने कामको प्रमुख योजनाकार धिरेन्द्र यादवलाई गत असार १६ गते भारतीय प्रहरीले बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कटैया पावर हाउस अगाडिबाट पक्राउ गरिसकेको छ । धिरेन्द्रसँगै बैद्यनाथ यादव, अशोक मण्डल, बेचन यादव र उमेश यादव पनि प्रहरीको पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ