News Category 2070/05/30
नेपाली का“ग्रेसद्वारा ६ वटै क्षेत्रबाट नाम सिफारिस
राजविराज÷संविधानसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले जिल्लाको ६ वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदबारहरुको नाम शनिबार केन्द्र सिफारिस गरेको छ ।
काँग्रेस सप्तरीमा निर्वाचनका लागि नाम सिफारिस सम्बन्धमा व्यापक विवाद पश्चात् शनिबार अन्तत् टुङ्गो लागेको छ ।
पार्टी कार्यालयमा शनिबार बसेको जिल्ला कार्य समितिको बैठकले ६ वटै क्षेत्रिय समितिले सिफारिस गरेको नाममा जिल्ला कार्य समितिले समेत नाम थप गरि केन्द्र सिफारिस गरिएको हो ।
सप्तरी क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ अधिवक्ता हेमनारायण चौधरी, आशाराम चौधरी, बैजनाथ प्रसाद साह, चन्द्र शेखर चौधरी र निर्माण दाहाल तथा समानुपातिकतर्फ निरु पोखरेल, पर्शुराम चौधरी, जितबहादुर श्रेष्ठ, मो. मुस्लिम मियाँ, बलराम खंग, उमेशजंग बस्नेत, बलराम मंडल, अधिवक्ता देवनारायण यादव, राम भरोसी गुप्ता, रमेश कुमार कार्की, लक्ष्मी गिरी र विशेश्वर प्रसाद चौधरीको नाम सिफारिस गरिएको छ ।
यसैगरि क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ बद्रीनारायण महात्मान यादव, रामदेव साह, भरत राजवंशी, विरवल बिराजी, रन्जित कर्ण तथा समानुपातिक तर्फ देवनारायण मंडल, सरोज विराजी, डा. उमारानी सिंह, मो. मुस्लिम मियाँ, आनन्दलाल परियार, सनत कुमार मण्डल, मूरलीधर खिरहरि यादव, बुदुर राम, पुरन्दर नारायण सिपलिया, नरेन्द्र कुमार सिंह र उमेश मिश्रको नाम सिफरिस भएको छ ।
क्षेत्र नं. ३ मा प्रत्यक्षका लागि रामकुमार यादव, ध्रुब प्रसाद देव, मो. सब्बिर आजम, रामकुमार चौधरी, अमरकान्त झा र सत्यानारायण शर्मा तथा समानुपातिक तर्फ भुवनेश्वर साफि, शुशिल सेवा, सकलदेव सुतिहार, राधाकान्त देव, मालती चौधरी, सूर्यनारायण यादव, मुरारी प्रसाद उपाध्याय, राम बन्धु दास, शिवचन्द्र मिश्र, रामलखन यादव, नन्दकिशोर यादव, पत्रकारद्वय व्यशसंकर उपाध्याय र राजेश झाको नाम सिफारिस भएको छ ।
यस्तै क्षेत्र नं. ४ बाट प्रत्यक्षमा दिनेश कुमार यादव, पवन सिंह र शिवनारायण चौधरी तथा समानुपातिकबाट भगवती प्रसाद यादव, रामप्रसाद मंडल, मो. इस्माइल, गंगेश्वर साह, गिता यादव, रामसुन्दर मंडल, तारकेश्वर यादव, नारायण सदा, नागेश्वर साह, भिखारी शर्मा, भवेन्द्र प्रसाद यादव र रामनारायण यादव रहेका छन् ।
क्षेत्र नं. ५ बाट प्रत्यक्ष तर्फ तेजुलाल चौधरी, मुक्तिनाथ चौधरी, श्रीप्रसाद राउत, सबुरलाल साहु रहेका छन् भने समानुपातिक तर्फ मो. उल्फत, मुखीलाल यादव, दानालाल सदा, गिता चौधरी, सुश्मा चौधरी, राजकुमार न्यौपाने, अर्जुनप्रसाद साह, उपेन्द्र यादव, पत्रकार धिरेन्द्रप्रसाद साह, दिनेश कुमार चौधरीको नाम सिफारिस भएको जनाइएको छ ।
क्षेत्र नं. ६ मा प्रत्यक्ष तर्फ सुरेन्द्र प्रसाद यादव, रामुप्रसाद यादव, ध्रुब नारायण चौधरी, रामबल्लभ साह तथा समानुपातिक तर्फ नमिता कुमारी चौधरी, मो. इजराइल, रामलखन साह, जानकीदेवी यादव, दर्पी राम, बिशेश्वर यादव, नरेन्द्रकुमार साहुको नाम सिफारिस गरिएको जिल्ला कार्य समिति सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
- 2081/12/30 पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
- 2081/12/30 राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
- 2081/12/27 पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
- 2081/12/27 पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
- 2081/12/27 राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा
- 2081/12/27 कैद सजाय तोकिएका खंग कारागार चलान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ