News Category 2073/04/03
प्रहरीले घर घरमा फोन नंं. अंकित स्टीकर टाँस्दै
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
“प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबारदेखी सप्तरीमा प्रहरीको फोन नम्बर अंकित स्टीकर टाँस गर्ने कार्यक्रमको शुभारम्भ भएको छ ।
जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसका गरि कुल १ लाख २१ हजार घरको मूल ढोकामा सो स्टिकर टाँस गर्ने अभियान संचालन भएको हो ।
नागरिकलाई असुरक्षा महसुस हुने गतिविधि प्रति सजग, सचेत र सतर्क गराउने, अपराधिक घटना भएको खण्डमा प्रहरीको पहँुच छिटो र प्रभावकारी बनाउने, प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने, नागरिकमा शान्ति सुरक्षाको थप अनुभुति दिलाउने, कुनै पनि गतिविधीप्रति असहज भए प्रहरीलाई खबर गर्ने बानी बसाल्ने लगायतका उद्देश्यका साथ अभियान संचालन गरिएको सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो ।
सो अभियान अन्तरगत प्रहरीले जिल्लाको प्रत्येक घरका परिवारसँग भेटघाट गर्ने, नागरिकहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गर्ने, नागरिक सुचनाका आधारमा फरार अपराधी अभियुक्तहरुलाई पक्राउ गर्ने लगायतका कार्यहरुलाई निरन्तरता दिने प्रहरी उपरिक्षक ढकालले बताउनुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षता तथा अंचल प्रहरी कार्यालय सगरमाथाका वरिष्ठ प्रहरी उपरिक्षक उत्तम बहादुर सिंहको विशिष्ठ आतिथ्यमा स्टिरक टाँस अभियानको उद्घाटन समारोहमा जिल्लाका विभिन्न राजनीतिक दलका अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यापारी, उद्योगि, समाजसेवी, संचारकर्मी, पेशाकर्मी लगायतले अभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अभियानले प्रहरी र जनताबीचको केही दिनदेखी चिसिएको सम्बन्धलाई जोड्ने काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गत वर्ष मधेश आन्दोलनको समयमा सप्तरीमा प्रहरी र नागरिकबीचको सम्बन्ध चिसिदै गएको बेला यस अभियानले उनीहरुको सम्बन्धमा सुधार आउनुका साथै अझ प्रगाढ हुने विश्वास यहाँका नागरिक समाज, बुद्धिजिवि तथा अधिकारकर्मीहरुको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ