News Category 2073/04/05
सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
साउन महिनाको पहिलो सातासम्ममा सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई भएको छ ।
कुल ७० हजार हेक्टर खेतियोग्य जग्गा मध्ये ३० प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन महिनाको पहिलो सातासम्ममा करिब ५० प्रतिशत धान रोपाई हुनुपर्नेमा समयमा बर्षा नहुँदा तथा कोशी पश्चिमी नहरमा समयमा पानी नदिएकै कारणले साउन महिनाको पहिलो सात्ता सम्ममा सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई भएको होे ।
बर्षाको अभावमा जिल्लाको उत्तरी र पश्चिमी भेगका गाविसहरुमा अझै केही प्रतिशत मात्र धान रोपाई भएको छ, भने ३० प्रतिशत मध्ये बढी मात्रामा जिल्लाको पुर्वी र दक्षिणी भेगमा मात्र धान रोपाई भएको बाली अधिकृत यादवले जानकारी दिनुभयो ।
समयमा वर्षा नहुँदा साउन महिनाको पहिलो साता शुरु भएपनि आफुहरुले अझै एक दुई कठा बाहेक धान रोप्न नसकेको रायपुर गाविसका बेचन यादवको भनाई छ । समयमा पर्याप्त मात्रामा वर्षा नभएको कारणले तथा हरेक वर्ष जस्तै यस वर्ष पनि सिंचाईको उचित व्यवस्था नभएकै कारणले अहिलेसम्म धान रोप्न नसकेको उहाँले बताउनुभयो ।
गत वर्ष पनि समयमा वर्षा नहुँदा तथा सिंचाईको अभावका कारणले करिब ४८ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यता वर्षाको अभावमा यहाँका किसानहरुले अहिले सम्म धान रोप्न नपाएकोमा चिन्ता ब्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ