News Category 2073/04/05
सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
साउन महिनाको पहिलो सातासम्ममा सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई भएको छ ।
कुल ७० हजार हेक्टर खेतियोग्य जग्गा मध्ये ३० प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन महिनाको पहिलो सातासम्ममा करिब ५० प्रतिशत धान रोपाई हुनुपर्नेमा समयमा बर्षा नहुँदा तथा कोशी पश्चिमी नहरमा समयमा पानी नदिएकै कारणले साउन महिनाको पहिलो सात्ता सम्ममा सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई भएको होे ।
बर्षाको अभावमा जिल्लाको उत्तरी र पश्चिमी भेगका गाविसहरुमा अझै केही प्रतिशत मात्र धान रोपाई भएको छ, भने ३० प्रतिशत मध्ये बढी मात्रामा जिल्लाको पुर्वी र दक्षिणी भेगमा मात्र धान रोपाई भएको बाली अधिकृत यादवले जानकारी दिनुभयो ।
समयमा वर्षा नहुँदा साउन महिनाको पहिलो साता शुरु भएपनि आफुहरुले अझै एक दुई कठा बाहेक धान रोप्न नसकेको रायपुर गाविसका बेचन यादवको भनाई छ । समयमा पर्याप्त मात्रामा वर्षा नभएको कारणले तथा हरेक वर्ष जस्तै यस वर्ष पनि सिंचाईको उचित व्यवस्था नभएकै कारणले अहिलेसम्म धान रोप्न नसकेको उहाँले बताउनुभयो ।
गत वर्ष पनि समयमा वर्षा नहुँदा तथा सिंचाईको अभावका कारणले करिब ४८ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यता वर्षाको अभावमा यहाँका किसानहरुले अहिले सम्म धान रोप्न नपाएकोमा चिन्ता ब्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ