News Category 2073/04/28
समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका ५७ जना सम्मानित
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएको जिल्लाका ५७ जना ज्येष्ठ नागरिकहरुलाई बिहीबार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्मान गरेको छ ।
प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भीम प्रसाद ढकालको अध्यक्षता र संसद तथा महिला बालबालिका ज्येष्ठ नागरिक समाजकल्याण संसदिय समितिका सभापति रन्जु झाको प्रमुख आतिथ्यमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बलदेब गौतमको बिशिष्ट आतित्थमा सो सम्मान गरेको हो ।
समाजका बिभिन्न क्षेत्रमा बिशेष योगदान गर्ने ७० बर्ष भन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरुको पहिचान गरि ९ महिला र ४८ जना पुरुष ज्येष्ठ नागरिकहरुलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा सप्तरीका वरिष्ठ उद्योगपति सिताराम काबरा, वरिष्ठ बामपन्ति नेता कृष्णराज बर्मा, वरिष्ठ राजनीतिकर्मी बिरवल बिराजी, वरिष्ठ समाजसेवी जोगेन्द्र भगत, वरिष्ठ अधिवक्ता हिम्मत सिंह, समाजसेवी अमृतलाल चौधरी, डा. अशोकानन्द मिश्र, सेवानिवृत शिक्षिका मन्जु श्रेष्ठ, मिना ठाकुर, पूर्व प्रहरी हिराबहादुर न्यौपाने, समाजसेवी नटाई यादव, समाजसेवी शिवनारायण परियार, समाजसेवी उल्फत मियाँ, सामुदायिक प्रहरी सचिव हितनारायण लाल दास लगायत ५७ जनालाई सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो कार्यक्रममा जिल्लास्थित बिभिन्न राजनैतिक दलका अध्यक्ष तथा पार्टी प्रतिनिधी, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत समाजका बिभिन्न क्षेत्रमा बिशेष योगदान गर्ने ७० बर्ष भन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरुको पहिचान गरि सम्मान गर्ने नेपाल प्रहरीको निति अनुरुप कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साउन २ गतेबाट स्टिकर टाँस कार्यक्रम भई रहेको र सोही कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम गरिएको र आगामी दिनमा समेत “प्रहरी मेरो साथी“ अभियान अन्तरगत बिभिन्न कार्यक्रमहरु निरन्तर भई रहने जनाएको छ । सम्मानित हुनु भएका ५७ जनाको नामावली पृष्ठ तीनमा ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ