News Category 2073/05/02
सप्तरीका १६ वटा सहकारीको दर्ता खारेज
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरी जिल्लाको १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । पटक पटकको ताकेतापछि आधार र प्रमाण प्रस्तुत गर्न नसकेकाले १६ वटै सहकारीको दर्ता खारेज गरिएको बताइएको छ ।
सहकारी डिभिजन कार्यालय लहान सिरहाले लामो समयदेखि लेखा परिक्षण नगर्ने, संस्थाको मासिक र बार्षिक प्रगति बिवरण नबुझाउने १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको सो डिभिजन कार्यालयले जनाएको छ ।
कार्यलयका प्रमुख रामप्रसाद सुवेदीले दिनुभएको जानकारी अनुसार राजविराज सगरमाथा पोल्ट्रि, जय श्री पशुपतिनाथ उपभोक्ता सहकारी संस्था लिमिटेड, अर्नाहाको औषधी र सहकारी संस्था लिमिटेड, कल्याणपुरको जानकी दुग्ध उत्पादन सहकारी संस्था तथा मधुपटीको कदमाहा दुग्ध उत्पादक सहकारी संस्था खारेज गरिएको बताउनुभयो ।
त्यस्तै जिल्लाको छिन्नमसतास्थित कालिका उपभोक्त सहकारी संस्था लिमिटेड, लालापटीको गणेश बहुमुखी सहकारी संस्था लिमिटेड, बोरिया कृषि संस्था लिमिटेड, जय हनुमान उपभोक्ता सहकारी संस्था लिमिटेड र सिताराम उपभोक्ता सहकारी संस्था लिमिटेड, ईटहरी बिष्णुपुरको कृषक उपभोक्ता सहकारी संस्था लिमिटेड, शिब उपभोक्ता सहकारी संस्था लिमिटेड र सन्तोष उपभोक्ता सहकारी संस्था लिमिटेडको दर्ता समेत खारेज गरिएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ